पोखरा । संघीयतापछि बनेको प्रदेश सरकारको निर्वाचनपश्चात् २०७४ फागुन ४ गते पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको घोषणा थियो, ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रम । आफू मुख्यमन्त्रीको कुर्चीमा बसेको २ वर्षमा कुनै पनि नागरिक अँध्यारोमा बस्नु नपर्ने उद्घोष गर्दै मुख्यमन्त्री गुरुङले ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रम सपथ लिएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय नै गराए ।
तत्कालीन गुरुङ सरकारले घोषणा गरेको कार्यक्रमले १ वर्षसम्म कुनै एक्सन लिन सकेन । निर्णय भएको १ वर्ष बितेपछि सरकारले सबै बस्तीमा बिजुली पु¥याउन गण्डकी प्रदेश सरकारले विद्युत् प्राधिकरणसँग सम्झौता गर्यो । सम्झौतामा उज्यालो प्रदेश बनाउन विद्युत् प्राधिकरण र सरकारले के के गर्ने भन्ने ११ बुँदामा उल्लेख थियो ।
त्यसपछि विद्युतीकरणको काम अघि बढ्यो । नेसनल ग्रिड नपुगेका ठाउँमा पुर्याउने, माइक्रो हाइड्रोहरु पुनर्निर्माण गर्ने र तत्काल बिजुली पुर्याउन नसकिने ठाउँमा सोलार बाँडेर भए पनि अबको प्रदेशका नागरिकलाई अँध्यारोमा बस्न नपर्ने बनाउने सरकार लागि प¥यो । तर गुरुङ नेतृत्वको सरकार परिवर्तन भई कृष्णचन्द्र नेपाली पोखरेलको सरकार बनिसक्दासम्म पनि ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा पूरा हुन सकेको छैन ।
पोखरेल सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी उपलब्ध गराएको तथ्यांकमा ९९.५० प्रतिशत घरधुरीले बिजुली बालेका छन् । प्रदेशमा अझै ०.५० प्रतिशत अर्थात् २ हजार ८ सय ८४ घरधुरी टुकीकै भरमा छन् । तथ्यांक अनुसार राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत् ९३ प्रतिशत र नवीकरणीय ऊर्जामार्फत् ६.५० प्रतिशत विद्युतीकरणमा सहभागी भएका छन् । समग्रमा गण्डकीको ५ लाख ७४ हजार ७ सय ९८ घरधुरीमा बिजुली पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेशका ०.५० प्रतिशत अर्थात् २ हजार ८८४ घरधुरी टुकीकै भरमा छन्
नवलपुर, बागलुङ र तनहुँका केही स्थानहरुमा बिजुली नपुगेको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले जानकारी दिए । विभिन्न प्राविधिक समस्याका कारण ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्न नसकिएको उनले बताए । समस्या नभए अबको ५ महिनामा सबै घरमा बिजुली पुर्याउने आफूहरुको योजना रहेको उनले सुनाए । ‘विभिन्न प्राविधिक समस्या आउने रहेछन् । पोल ठड्याइयो, तार छैन, तार टाँगियो ट्रान्सफर छैन, यस्तै समस्या छ,’ उनले भने, ‘केही समस्या नआए अबको ४/५ महिनामा बाँकी रहेको काम पूरा गर्छौं ।’
मन्त्रालयले एक वर्षभित्रमा गरेको कार्यप्रगतिका बारेमा जानकारी दिंदै मन्त्री आचार्यले प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ नारा भेट्ने तयारी रहेको जानकारी गराएका हुन् । यसका लागि राष्ट्रिय प्रसारण लाइन तत्काल जोड्न सम्भावना नभएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखा जिल्लाका ७ स्थानीय तहका १ हजार २ सय ५ घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरी बत्ती बालिएको मन्त्री आचार्यले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/०७९ मा २१ वटा लघु जलविद्युत् मर्मत गरी ५ सय ३५ किलोवाट विद्युत नियमित गराइएको पनि मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्रदेशभर ९० लघुजलविद्युत् मार्फत ३ हजार २ सय ९५ किलोवाट बिद्युत्बाट १५ हजार ४ सय ४० घरधुरी लाभान्वित भएका छन् । यस्तै ९८ किलोवाटको स्याङ्जा हरिनासको पुतपुते खोला लघु जलविद्युत आयोजना स्याङ्जा ग्रिडमा जोडेर रािष्ट्रय प्रसारण लाइनमा समाहित गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री आचार्यले मन्त्रालयको काम ढिलाइ हुनुमा बजेट स्रोत अभाव र ठेकेदारको बदमासी रहेको उनले सुनाए । ‘मन्त्रालयमा अहिले निरन्तर रहेको कार्यक्रम सक्न १३ अर्ब बजेट आवश्यक पर्छ, यसले पनि समस्या छ,’ उनले भने, ‘निर्माण कम्पनीको बदमासीका कारण पनि मन्त्रालयको काम ढिलो भएको छ ।’
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१