पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो छानबिनको प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेको छ । ११ सदस्यीय छानबिन विशेष समितिलले प्रतिवेदनमा सिसीटिभी फुटेजमा अनाधिकृत व्यक्तिको प्रवेश नदेखिएको भन्दै पूर्व अर्थमन्त्री शर्मालाई सफाइ दिएको छ । प्रतिवेदनमा सफाई दिए तापनि नेकपा एमालेका सांसदहरुले फरक मत राखेका छन् । तिनीहरुले अनुसन्धान पूर्ण र पर्याप्त हुन नसकेको टिप्पणी गरेका छन् ।
त्यसरी गर्ने एमालेका सांसदहरुमा खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकाल छन् । उनीहरुले छानबिनको क्रममा कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको छ, बजेट निर्माणको रातिको दृश्य संग्रहित नगरेको, बजेट निर्माणमा संलग्न कर्मचारीहरुको विवरण नदिएको भनी फरक मत राखेका छन् । फरक मत राखे तापनि त्यो त्यत्ति दमदार नभएको टिप्पणी गरिएको छ ।
देशमा घटेका विगतका अन्य काण्डहरु जस्तै यो काण्ड पनि डढेलेको आगो जस्तै गरी फैलियो । सदन र सडकमा अर्थमन्त्री शर्माको राजीनामा मागियो । संसदीय छानबिन विशेष समितिको माग गरियो । वातावरण यस्तो बन्यो कि अर्थमन्त्री शर्माले राजीनामा दिन बाध्य हुनुप¥यो । छानबिन विशेष समिति पनि गठन भयो । तर समय बितेअनुसार अन्य काण्डहरुझैं यो काण्ड पनि सेलाएर जाने लक्षण देखियो । समितिले सर्वसम्मतिले निर्णय गर्न सकेन । छानबिन पनि सत्तापक्ष र विपक्षमा विभक्त भए । छानबिन भन्ने कुरा अर्थात् सत्य र तथ्य सर्वसम्मतिलेले हुनुपर्दथ्यो, त्यो भएन । यसमा पनि अल्पमत र बहुमत भन्ने देखियो । छानबिन समितिले आफ्नो प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेपछि एउटा औपचारिकता पूरा भएको छ । पूर्व अर्थमन्त्री शर्माले सफाइ पाएका छन् । तर सर्वसाधारणको मनमा लागेको शंकाको दाग हटेको छैन ।
नेपालमा नेताहरु सोझै संलग्न भएको कुनै काण्डको पनि निष्पक्ष छानबिन भएको छैन । कुनै नेताले पनि दोषी भएर सजाय पाएका छैनन् । विगतका ती सबै याद गर्नेहरुले यो काण्ड पनि फासफुस भएर सकिने अनुमान समिति बन्ने बेलै गरेका थिए । तैपनि मानिसको मन न हो, आश गर्ने त्यसको प्रवृत्ति हो । आश गरेका थिए । तर त्यसैबीच प्रतिपक्षी पार्टी एमालेसँग सम्बन्धित एम अधिकारी को विषय बाहिर आयो । त्यो एउटा काउन्टरको रुपमा आएको विषय जस्तो भयो । एउटा विषयमा सत्ता पक्ष प्रतिरक्षात्मक भयो भने अर्को विषयमा प्रतिपक्षी एमाले प्रतिरक्षात्मक स्थितिमा रह्यो । यस्तो स्थितिमा आपसी समझदारी गरी काले काले मिलेर खाऊँ भाले भनेर दुवै पक्षलाई नोक्सान नहुने दुवैको व्यक्तित्व जोगिने र प्रतिष्ठा पनि रहने उपाय गरेको अनुमान पनि छ । यस पटक अर्थमन्त्री र बजेटका सम्बन्धमा धेरै कुरा आएका छन् । यस पटक यो फासफुस भएर गएर पनि पछि बन्ने अर्थ मन्त्रीलाई यसले सबक दिनेछ र बजेटको गोपनीयताको निर्वाह हुने अपेक्षा गर्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१