नवीन माविमा दन्त शिविर

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७९
dental sibir

हेमजा । नेलम्बो नेपालले नवीन मावि, गैह्रापाटनमा निशुल्क दन्त शिविर संचालन गरेको छ । २ दिन चलेको शविरमा ३ सय १५ शिक्षक एवं विद्यार्थीको दन्त परीक्षण गरियो ।

त्यस अवसरमा दाँत भर्ने, निकाल्ने, दाँतको जरैदेखि उपचार, दाँतको एक्रे, गिंजाको उपचार, दाँत सफा गर्ने लगायतका उपचार गरिनुको साथै मुख स्वास्थ्यबारे सचेतना दिइएको कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिए ।

पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले नेलम्बोले मुख स्वास्थ्यजस्तो संवेदनशील र महँगो उपचार प्रदान गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि वडा कार्यालय नेलम्बोसँग सहकार्य गरी सामाजिक कामहरु गर्न तयार रहेको बताए ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले सहकार्य र सक्रियता भएको ठाउँमा संस्थाले सहयोग गर्न स्पष्ट पार्दै नेलम्बो शिक्षा, स्वास्थ्य, वातावरण र अनुसन्धानको क्षेत्रमा क्रियाशील रहेको बताए ।

प्रअ शिरोमणि लामिछानेले नेलम्बोका क्रियाकलाप सराहनीय रहँदै आएको उल्लेख गर्दै आफ्नो विद्यालय छनोट गरी शिविर संचालन गरेकोमा आभार प्रकट गरे । शिविरमा डेन्टल सर्जन डा. सिजन मसार्नीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको हो ।

विद्यालयका अध्यक्ष राजेन्द्रनिधि कोइरालाको अध्यक्षतामा संचालित उक्त कार्यक्रम शिक्षक दीपक पौडेलले संचालन गरेका थिए । यसैबीच, साउन १५ देखि दन्तरोगीको पुनः उपचार गरिने कार्यक्रम संयोजक भण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै