२ लाखको अक्षयकोष स्थापना

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७९
school

म्याग्दी । यहाँका एक व्यक्तिले दिवंगत श्रीमती र छोराको सम्झनामा विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

रघुगंगा गाउँपालिका–६, स्थित कोटगाउँ घर भई हाल बेनी निवासी समाजसेवी क्याप्टेन मनबहादुर पुनले दिवंगत श्रीमती रबिसरा र माइला छोरा मनप्रसाद पुनको सम्झनामा सोही कोटगाउँस्थित जनआदर्श आधारभूत विद्यालयमा सो रकम बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

बेनी क्याम्पसचोकस्थित एमके कम्प्लेक्सका संचालक समेत रहेका समाजसेवी क्याप्टेन पुनले उक्त रकम बिहीबार एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाईबहादुर पुन र विद्यालयकी प्रअ फमाया पुनलाई हस्तान्तरण गरे।

विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको समाजसेवी क्याप्टेन पुनले बताए । विव्यस अध्यक्ष पुनका अनु्सार सो रकम मुद्दतिमा जम्मा गरिएको छ । उक्त रकमबाट आउने ब्याजबाट विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार विद्यार्थीको पढाइमा खर्च गरिनेछ । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा २५ जना विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै