अर्जुनचौपारी पोखरा साकोसको रक्तदान

आदर्श समाज सम्वाददाता
असार १७, २०७९
blood

पोखरा । अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी संस्थाले पोखरा १७ बिरौटामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४४ जनाले रक्तदान गरे ।

पोखरा १७ का वडाध्यक्ष राधिकाकुमारी शाही योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्त अभावको बेला यस्तो कार्यक्रमबाट महत्वपूर्ण योगदान पुगेको बताइन् ।

रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

संस्थाका अध्यक्ष हेमनारायण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार गिरीधारी सुवेदीले स्वागत तथा सचिव पोतप्रसाद अर्यालले संचालन गरेका थिए । स्वास्थ्य समिति संयोजक डुकप्रसाद काफ्लेले मन्तव्य राखेका थिए ।

कुल ८ सय ११ सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ३ करोड ३७ लाख ८१ हजार तथा निक्षेप ९ करोड ३८ लाख रहेको सहकारीका प्रबन्धक जनकराज काफ्लेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width