हेमजा । अन्नपूर्ण गाउँपालिकाले आगामी आव २०७९÷०८० का लागि ६० करोड ५१ लाख ७० हजार बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
१२ औं गाउँसभाबीच शुक्रबार बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक समेत रहेकी पालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले उक्त रकम बराबरको बजेट र सोही अनुसारका कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनले गाउँपालिकाको प्रस्तुत नीति तथा कार्यक्रम अनुसार नै कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याएको पनि स्पष्ट पारिन् ।
सार्वजनिक बजेटअनुसार गाउँपालिकाले चालुतर्फ ९ करोड, सडक निर्माणका लागि ७ करोड ८५ लाख, स्वास्थ्य विमातर्फ १ करोड ४० लाख, शिक्षाका विभिन्न कार्यक्रमका लागि १ करोड ४७ लाख, उपाध्यक्षसँग महिला कार्यक्रमका लागि २५ लाख, एक घर एक धारा अभियानका लागि ५५ लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी विषद् कोषका लागि ५० लाख ३९ हजार, अध्यक्षकप खेलकुद प्रतियोगिताका लागि १५ लाख, झोलुङ्गे पुल निर्माणतर्फ १५ लाख, सशर्त अनुदान बाहेक पशुविकासतर्फ ४५ लाख, आयुर्वेदका लागि ४ लाख, हेल्लो अन्नपूर्ण कार्यक्रम लगायतका लागि ५३ लाख बजेट विनियोजन गरिएको छ ।
प्रस्तुत बजेट समृद्ध पालिका निर्माणका लागि कोशेढुंगा सावित हुने विश्वास पनि गाउँपालिकाको छ । बजेटमार्फत पालिकाले सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता, जवाफदेहिता र उत्तरदायित्व कायम गराउने, कृषि उत्पादनमा आत्मनिर्भरताका साथ निर्यात गरी आर्यआर्जन बढाउने, अन्नपूर्णवासी जनताको जीवनस्तर अभिबृद्धि गर्ने, आर्थिक अनुशासन र वित्तिय सुशासन कायम गर्ने उद्देश्य पनि राखेको छ ।
आगामी आवमा ९० प्रतिशत वितिय प्रगति हुने लक्ष्य पनि पालिकाको छ । सभाबीच आर्थिक तथा विनियोजन विधेयक २०७९ पारित भएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१