धम्पुस ढाँडा पोखरा सम्पर्क समिति

आदर्श समाज सम्वाददाता
असार ७, २०७९
dhampus

हेमजा । धम्पुस ढाँडा (सृजना टोल) पोखरा सम्पर्क समिति गठन गरिएको छ । कास्कीको माछापुच्छ्रे–७, धम्पुस, ढाँडा (सिर्जना टोल) बाट पोखरा आई बसोबास गर्नेहरुको भेलाले सो समिति गठन गरेको हो ।

राजकुमार भण्डारीको संयोजकत्वमा गठित समिति सहसंयोजकमा सन्तोष भण्डारी, सचिव भीमप्रसाद भण्डारी, कोषाध्यक्ष लेखनाथ भण्डारी, सहसचिव श्यामबहादुर अधिकारी चयन भए । सदस्य सुदीप अधिकारी, शुभनाथ भण्डारी, सूर्यप्रसाद भण्डारी, रमेश अधिकारी, दीपक भण्डारी (खरिलाल), ईश्वर अधिकारी, सुविन भण्डारी, डिल्लीराम भण्डारी (खरबारी) र डिल्लीराम भण्डारी (शिरस्वाँरा) छन् ।

कार्यक्रममा सम्पर्क समितिको आवश्यकता र औचित्यमाथि भीमप्रसाद भण्डारीले प्रष्ट पारे । सहभागीले ढाँडाबाट पोखरा आई बसेका सम्पूर्णलाई साधारण सदस्य राख्ने र आवश्यकता आधारमा कार्यसमिति सदस्य पनि थपघट गर्नुपर्ने सुझाव दिए ।

सहसंयोजक सन्तोष भण्डारीले गाउँबाट पोखरा आई बसोबास गर्नेलाई पोखरामा पनि गाउँकै मायाको झल्को मिल्ने बताए । भेलामा कोषाध्यक्ष लेखनाथ भण्डारी र सहसचिव श्यामबहादुर अधिकारीले गाउँको माया अब पोखरामा नै पाउन सकिने औल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width