कपडाको चप्पल बनाउने तालिम

आदर्श समाज सम्वाददाता
असार ५, २०७९
chappal

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालयले आयोजना गरेको कपडाको चप्पल बनाउने तालिम समापन भएको छ । १२ दिनसम्म चलेको तालिममा २० जना सहभागी थिए । तालिमान धनमाया श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्षदेखि सीप परीक्षण नहुने खालका चप्पल बनाउने, बाजा बजाउनेलगायत तालिमहरु समेत सञ्चालन गरेको हो ।

गण्डकी बहुप्राविधिक प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ५, का वडाध्यक्ष विष्णु बरालले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । उनले गर्दै आर्जन गरेको सीपलाई स्वरोजगारसँग जोड्न आग्रह गरे ।

कार्यक्रममा स्वागत टोल आमा समूहका अध्यक्ष मधु थापा र सञ्चालन सन्तोष शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width