पोखरा । गण्डकी प्रदेश सरकारको आगामी बजेटको आकार हालको खर्च गर्ने क्षमता नभएर बढेको छ । सरकारले ल्याएको बजेटको करिब ८ प्रतिशत अहिले खर्च हुन नसकेको रकम रहन्छ ।
गत असार १ मा ३५ अर्ब ९० करोडको बजेट ल्याउँदा चालू वर्ष खर्च नभएको रकममात्रै २ अर्ब ७१ करोड छ । जेठ मसान्तसम्म प्रदेश सरकारले ४३ प्रतिशत रकम खर्च गरेको छ । पुँजीगततर्फ ४५ प्रतिशत र चालूतर्फ ४२ प्रतिशत खर्च भएको हो । ११ महिनामा करिब १३ अर्ब रुपैयाँ मात्रै खर्च भएको सरकारले जनाएको छ । एकातिर खर्च गर्ने प्रणालीको विकास भएको छैन भने अर्कोतर्फ खुलेका कार्यालयहरुमा कर्मचारी व्यवस्थापन हुन सकेको छैन । सरकारले प्रदेश संरचना बनेको ५ वर्षसम्म पनि स्रोत व्यवस्थापनमा नयाँ योजना प्रस्तुत गर्न सकेको छैन । पहिलो वर्षदेखि नै ५ अर्ब आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको सरकारले ५ वर्ष बित्दासमेत आन्तरिक आम्दानी ५ अर्ब पुर्याउन सकेको छैन । चालू वर्षमा सरकारले ४ अर्ब ९८ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा बैशाख मसान्तसम्म २ अर्ब ९९ करोडमात्रै राजस्व बटुलेको छ । यो वर्ष पनि साढे ३ अर्बभन्दा बढी नउठ्ने पक्कापक्की जस्तै छ ।
बढी राजस्व उठाउन सरकारले प्रत्येक ६ महिनामा गाडीको जाँचपास अनिवार्य गरेको छ । कृषि, मनोरञ्जन, विज्ञापन तथा पर्यटन शुल्क लिने र त्यसका लागि कानुन निर्माण गर्ने अर्थमन्त्री रामजीप्रसाद बरालले जानकारी दिए । मालपोत कार्यालयले संकलन गर्ने घरजग्गा रजिस्ट्रेसन शुल्कको २ प्रतिशत प्रदेश संचित कोषमा जम्मा गर्ने, सबै सरकारी राजस्व संकलनलाई बैंकिङ प्रणालीमा जोड्ने र राजस्व चुहावट हुन नदिने बरालले बताए । आगामी वर्षदेखि ट्राफिक प्रहरीले उठाउने सबै किसिमका जरिवानालाई प्रदेश सन्चित कोषमा राख्ने गरी कानुनी व्यवस्था गरिने सरकारको तयारी छ । अन्नपूर्ण संरक्षण क्षेत्र, मनाश्लु संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र चितवन राष्ट्रिय निकुन्जको रकम समेत प्रदेश सन्चित कोषमा दाखिला गराउन आवश्यक पहल गर्ने सरकारले जनाएको छ । तर संरक्षित क्षेत्रको आम्दानी अहिले नै प्रदेश सरकारमा आउने सम्भावना छैन ।
कुल ३५ अर्ब ९० करोड बजेटमध्ये संघले दिएको अनुदानमात्र २६ अर्बभन्दा बढी छ ।
सरकारले बजेटलाई रुपान्तरणकारी भनेर दाबी गरे पनि बजेटमा विकेन्द्रीकरण छैन । वित्तीय संघीयता अझै आउन सकेको छैन । स्थानीय सरकारलाई दिने बजेटमा नयाँपन छैन । आयात निरुत्साहित गर्ने कार्यक्रम छैन । राजस्व अझै बढ्न सक्ने सम्भावना छैन । वैदेशिक सम्बन्ध संघ सरकारको अथिनस्थ हुने भएकोले प्रदेशमा सोझै वैदेशिक अनुदान आउने अवस्था छैन । ऋण लिने कानुन बनाएको छैन । पुँजीगत खर्च बढाउने थप नयाँ कार्यक्रम छैन । सामान्यतः प्रशासनिक खर्च आफ्नै आम्दानीबाट चलाउनुपर्ने सबै सरकारको न्युनतम मान्यता हो । गण्डकी सरकारले १४ प्रतिशत पनि आन्तरिक आम्दानी गर्दैन । जबकि उसको चालू तथा प्रशासनिक खर्च २२ प्रतिशतभन्दा बढी छ । प्रदेश सरकारमातहत कार्यरत कर्मचारीको तलबसमेत संघ सरकारको अनुदानबाट जोहो गर्नुपरेको छ । आगामी वर्षका लागि १३ अर्ब २६ करोड चालू खर्च र २२ अर्ब १४ करोड पुँजीगत खर्च अनुमान छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले ५ अर्ब ९ करोड रुपैयाँ मात्रै आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ । यसबाहेक ३२ करोड रुपैयाँ रोयल्टी बाँडफाँटबाट प्राप्त गर्ने सरकारी अनुमान छ । प्रदेश सरकारले आन्तरिक आम्दानीरुपमा प्राप्त गर्ने राजस्वमध्ये सबैभन्दा धेरै सेवामा आधारित करमा केन्द्रित छ । यस्तै, सम्पत्ति कर, प्रशासनिक सेवा शुल्क, दण्ड जरिवानाबाट उक्त रकम जम्मा गर्ने अर्थमन्त्री बरालले बजेट वक्तव्यमार्फत जानकारी दिए । यस्तै, आगामी वर्ष मनोरञ्जन शुल्कबाट १ करोड ५० लाख, पर्यटन शुल्कबाट २ लाख र पदयात्रा शुल्कबाट १५ लाख, आय र मुनाफामा लाग्ने करबाट ५ लाख, व्यक्तिगत आयमा लाग्ने करबाट ५ लाख र कृषि आयमा लाग्ने करबाट ५ लाख संकलन गर्ने लक्ष्य छ । बजेटको अधिकांश हिस्सा संघ सरकारको अनुदानमा आधारित छ ।
कुल ३५ अर्ब ९० करोड बजेटमध्ये संघले दिएको अनुदानमात्र २६ अर्बभन्दा बढी छ । प्रदेश सरकारको भरपर्दो आम्दानी यातायात र घरजग्गा रजिष्ट्रेसन हो । १ अर्ब ८ करोड सवारीसाधन बाँडफाँटबाट प्राप्त हुने कर अनुमान गरिएको छ भने १० लाख रुपैयाँ सवारीसाधन कर, १ अर्ब ८४ करोड अन्तशुल्क, १ अर्ब रुपैयाँ घरजग्गा रजिस्ट्रेसन, ७ अर्ब ३९ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर संकलन हुने अनुमान छ । अघिल्लो वर्ष १५ हजारमात्रै संकलन भएको विज्ञापन करबाट आउँदो वर्ष १ करोड ५० लाख उठाउने लक्ष्य छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१