हेमजा । हेमजा युनाइटेडको आयोजनामा शनिबारदेखि छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप हुँदैछ । असार ११ सम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष इन्द्रबहादुर कुँवरले जनाए । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतियोगिता सुरु हुनु पूर्व स्थानीय मिलनचोकदेखि गौरीशंकर खेलमैदान (गैरी) सम्म बाजागाजासहित शोभायात्रा निकाल्ने कार्यक्रम रहेको जनाइएको छ ।
उद्घाटन खेल आयोजक हेमजा युनाइटेड र वीरगञ्ज युनाइटेडबीच शनिबार हुनेछ । प्रतियोगितामा १ विदेशी सहित ८ टिम सहभागि हँुदैछन् । जसमा विभागीय एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक हेमजा युनाइटेडले सहभागिता जनाउँदैछन् ।
विजेताले ६ लाख र उपविजेताले ३ लाख साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदियमान खेलाडीले जनही २० हजार रकम प्राप्त गर्नेछन् । अनुशासित टिमलाई २५ हजार रुपैयाँ दिइनेछ ।
आयोजक युनाइटेडले प्रतियोगितासँगै हेमजाबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुका साथै पोखरा २५ भित्रका हरेक विद्यालयलाई खेलकुद हवरुपमा विकास गर्न सहयोग पुग्ने विश्वाससमेत लिएको छ । प्रतियोगितालाई नेपाल आइसले प्रायोजन गरेको छ ।
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१