सरकारले शनिबारदेखि कालीगण्डकी जलविद्युत् आयोजना १४७ मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली बिक्रीको लागि भारत निर्यात गर्न थालेको समाचार संप्रेषण गरेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार नेपालले गत बुधबारदेखि नै त्रिशुली र देवीघाट जलविद्युत् आयोजनाको करिब ३९ मेगावाट विद्युत् भारतलाई बेच्न लागेको हो । यो समाचारमा नेपालीहरुमा एउटा आशा जगाएको छ । बिजुली बिक्री गरेर नेपाललाई सम्पन्न गर्ने नेपालीहरुको वर्षौं पहिलेको चाहना हो । तर त्यो चाहना पूरा हुन सकेको थिएन । त्यो चाहना गर्दा गर्दै हामीले भारतबाट विद्युत् आयात गर्ने अवस्था आयो । जसले गर्दा विद्युत् बेच्ने हाम्रो सपना सपना नै रहेको थियो । अहिले थोरै भए पनि सरकारले विद्युत् निर्यात गर्न थालेछ, त्यो सबैका लागि सन्तोषको कुरा हो ।
हामीसँग जलस्रोतको अथाह भण्डार छ । त्यो जलस्रोतको अथाह भण्डारबाट हजारौं मेगावाट विद्युत् उत्पादन हुन सक्ने प्राविधिकहरुको अनुमान छ । तर जलस्रोतसम्बन्धी उचित नीति नभएको र नीति पनि सरकार बदलेअनुसार बदलिने भएकोले विद्युत् क्षेत्रमा खास प्रगति हुन सकेको थिएन । जसको कारण विद्युत्को अभावमा सिंगो देश लामो समयसम्म अन्धकारमा बस्नु परेको थियो । कुनै पनि विद्युत् परियोजनाको काम समयमै पूरा हुन सकेनन् । जसले गर्दा लागत खर्च असाधारण किसिमले वृद्धि हुने गरेको थिए । जति ढिलो गरे पनि आखिरमा केही आयोजनाहरु पूरा भए र विद्युत् उत्पादन सुरु भयो । देशमा छाएको अन्धकार हट्दै गयो । त्यो हाम्रो खुसीको दिन थियो । अहिले भारतमा विद्युत्को निर्यातको समाचार हाम्रो लागि अर्को खुसीको दिन भएको छ ।
अहिले विद्युत् निर्यात गर्न थालेको हामीलाई विद्युत् बढी भएर त होइन । वर्षा याममा विद्युत उत्पादन वृद्धि भएको बेला केही विद्युत् बढी हुनसक्छ, तर हिउँदमा नदी नालामा पानी सुक्न थालेपछि उत्पादन घट्छ । हामीलाई विद्युत्को आपूर्ति अभाव हुन्छ । यस हिसाबले वर्षामा हामी विद्युत् निर्यात गर्न सक्छौं भने हिउँदमा आयात गर्नुपर्ने हुन्छ । आयात–निर्यातको यो सर्कल मिलाउनु अहिलेको आवश्यकता हो । त्यो सर्कलअनुसार वर्षा याममा हाम्रो बिजुली भारतले किन्ने र हिउँदमा त्यसको बिजुली हामीले किन्ने सहमति भएको छ । त्यो सहमतिले हाम्रो बिजुली उत्पादन बिक्री गर्ने एउटा ढोका खुलेको अनुभव भएको छ । त्यो ठूलो अवसर हो । हामीले बिजुली उत्पादन गर्ने गरेको १ सय वर्षभन्दा बढी भएको छ । यो १ सय वर्षमा हामीले आफ्नो उत्पादन आफैंले उपभोग गर्दै आएका थियौं भने अहिले पहिलो पटक बिजुली निर्यात गर्दछौं । विद्युत्को क्षेत्रमा यो नयाँ आयाम थप भएको छ । यो खुसीको कुरा हो । तर आयात र निर्यातको जुन कुरा आएको छ, त्यो व्यापार हो । व्यापारमा नाफा नोक्सानको कुरा आउँछ । व्यापारमा नाफा गर्नु पर्दछ भन्ने आग्रह हुन्छ । जसलाई स्वाभाविक मान्नुपर्दछ । यो व्यापारमा आयात गर्दाको सरदर प्रतियुनिट र निर्यात गर्दाका सरदर प्रति युनिट के कति निर्धारण भएको छ, त्यो राम्ररी सार्वजनिक भएको छैन । प्रति युनिट दररेट सार्वजनिक गरिनुपर्दछ । घाटाको व्यापार नहोस्, यसमा हामी सजग र सतर्क हुनुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१