पोखरा । यामाहा एफजेडएक्स मोटरबाइक बुधबार पोखरामा सार्वजनिक गरिएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा र यामाहाको नेपालस्थित आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालि काठमाडौंका प्रमुख कार्यकारी अधिकृत राजु क्षत्रीले उक्त बाइकको संयुक्त लञ्चिङ गरेका हुन् ।
भिएडब्लू इन्टरप्राइजेज प्रालि नयाँबजार, पोखरा यस क्षेत्रका लागि उक्त बाइकको आधिकारिक बिक्रेता हो । पोखरा रंगशालामा मंगलबारदेखि आयोजित सप्ताहव्यापी यामाहा एक्सचेञ्ज कार्यक्रमअन्तर्गत उक्त बाइक लञ्चिङ गरियो ।
कार्यक्रममा नाडा अध्यक्ष थापाले ग्राहकको चाहनाअनुसार यामाहाले आफ्ना उत्पादन बजारमा ल्याउँदै आएको आफूले पाएको बताए । नयाँ सार्वजनिक भएको उक्त बाइकको मूल्य र स्वरुप समेत आकर्षक रहेको भनाइ उनले राखे ।
देशमा अर्थतन्त्र समस्यामा पर्दै गर्दा अटोमोबाइल क्षेत्रको अवस्था सुखद नरहेको पनि उनले बताए । बीचमा सरकारले एलसी खोल्न र मोटरबाइक तथा गाडी आयात गर्न नपाउने नीति अख्तियार गरेसँगै यो क्षेत्र समस्यामा परेको उनले बताए । बाइकको आयात खुलाइए पनि गाडीको हकमा भने अझै सहज अवस्था नभएको उनले सुनाए । सरकारको नीति स्थिर र दिगो नहुँदा अटोमोवाइल्स क्षेत्र समस्यामा परेको भनाइ पनि उनले राखे । सरकारको नीति ल्याउने शैली आत्तिनु पर्ने र डराउनुपर्ने खालको भएको अध्यक्ष थापाले गुनासो गरे । उच्च ओहोदामा एउटा व्यक्ति परिवर्तन हुँदा नीति परिवर्तन हुने गरेको र सरकार परिवर्तन हुँदा त त्यस्तो प्रवृत्ति झनै बढी भएको उनले बताए । ‘सरकारले नीति ल्याउँदा लामो समयलाई हेरेर ल्याउनुपर्यो,’ उनले भने ।
उनले हालै सार्वजनिक भएको सरकारको बजेटको भने नाडाले प्रशंसा गरेको बताए । तर उनले सरकारको नीति तथा कार्यक्रम र बजेट अटोमोबाइल्स क्षेत्रलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी आएको धारणा राखे । नेपालको अटोमोबाइल्स क्षेत्रले सरकारलाई वार्षिक डेढ खर्ब रुपैयाँ कर तिर्ने गरेको र १ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको दाबी पनि उनले गरे । अटोमोवाइल्स क्षेत्रमा साढे ३ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको तथ्यांक पनि उनले सो अवसरमा पस्किए ।
धेरै मूल्यका विद्युतीय सवारीलाई कर बढाइएकोप्रति पनि उनले गुनासो गरे । तर सानो सिसी भएका सबै सवारीमा कर थोरै राखिनुले अप्रत्यक्ष रुपमा सरकारले मोटरसाइकल गाडीलाई आधारभूत आवश्यकताको साधानरुपमा स्वीकारेको रुपमा बुझ्न सकिने उनले बताए । देशमै असेम्बल गरेर गाडि मोटरसाइकल उत्पादन गर्ने भन्ने सरकारले ल्याएको नीतिको उनले प्रशंसा गरे ।
कार्यक्रममा एमएडब्लू इन्टरप्राइजेज प्रालि काठमाडौंका प्रमुख कार्यकारी अधिकृत राजु क्षत्रीले सार्वजनिक नयाँ बाइकको माइलएज ४५ देखि ५० किमी प्रतिलिटर रहेको बताउँदै यो बाइक युवा पुस्ताले मन पराउनेमा आफू ढुक्क रहेको बताए । १४९ सिसीको यो बाइकको मूल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ रहेको जानकारी पनि उनले सो अवसरमा दिए ।
भिएडब्लू इन्टरप्राइजेज प्रालि नयाँबजारका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले २०४४ बाट आफ्नो बुवाले पोखरामा यामाहा बाइकको बिक्रीवितरण थालेको जानकारी दिंदै २०५० देखि आफू यो काममा संलग्न भएको बताए । ग्राहकको चाहनाअनुसार आफ्नो सोरुमले बिक्री वितरण र सेवा दिंदै आएको पनि उनले सो अवसरमा बताए । कार्यक्रमका अवसरमा उक्त वाइकका ८ नयाँ क्रेतालाई बाइकको चाबी हस्तान्तरण गरिएको थियो । लगत्तै वाइकल ¥यालीसमेत आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष सुरेश मल्ल र नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१