सुत्केरीलाई पोषण भत्ता दिइने

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७९
pokhara ward 26

पोखरा । पोखरा वडा २६ का नवनिर्वाचित वडाध्यक्ष नरेन्द्र थापाले सुत्केरी पोषण भत्ता र दिवा सेवा केन्द्रमा खाजाको व्यवस्था गर्ने निर्णय गरेका छन् ।

शुक्रबार पदभार ग्रहण गर्दै उनले सुरूआति कार्यक्रममा वडाका सुत्केरीको लागि पोषण भत्ताबापत २ हजार र दिवा सेवा केन्द्रमा निशुल्क खाजा व्यवस्था गर्ने निर्णयसँगै सेवा सुरुआत गरेका हुन् । उनले अबका दिनमा वडाका काममा जनताले कुनै पनि विषयमा समस्या झेल्नु नपर्ने र हरेक काममा पारदर्शिता र जतिसक्दो सेवासुविधा व्यवस्था मिलाउने बताए ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष नारायण बरालले अबको जनप्रतिनिधिले अधुरा कामको पूरा गर्न र नयाँ काममा सक्रिय सहभागिता रहोस् भनी शुभकामना दिए ।

एमाले नेता एवं वडाध्यक्षका प्रत्यासि सूर्यनाथ भण्डारीले सबैको मन जितेर अगाडि बढ्न नवनिर्वाचित जनप्रतिनिधिलाई सुझाव दिए । कार्यक्रममा नारायण लामिछाने, वडासचिव मीना भट्टराईले बोलेका थिए ।

स्थानीय तह निर्वाचनबाट पोखरा २६ मा नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको हो । जसमा वडाध्यक्ष नरेन्द्र थापासहित महिला महिला सदस्य लक्ष्मी भट्टराई, दलित महिला सदस्य सुजता बराल सुनार र खुाल सदस्य तीर्थ राजभाट र सुदीपराज ढुंगाना निर्वाचित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width