१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७९
279719270_8126518474040945_8117909203504005107_n

पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत १४ जिल्लाका विभिन्न स्थानीय तहमा मतदान स्थगित भएको छ । १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदानस्थलका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवादका कारण मतदान स्थगित भएको र सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोगले शुक्रबारको चुनावमा ६४ प्रतिशत मतदान भएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width