बुुद्धजयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रम

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७९
sibir

पोखरा । युवा बौद्ध संघ, नदीपुरले २५६६ औं बुुद्धजयन्ती अवसरमा शनिबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।

पहिलो दिन निशुल्क स्वास्थ्य शिविर भयो । शिविरमा करिब ३ सय बढीले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए । उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायत परीक्षण गरिनुुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो ।

संघका अध्यक्ष सुदीप प्रधानांगले आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडावासी एवं सम्पूूर्ण पोखरेलीलाई सहभागिताको लागि अनुरोध गरे । सोमबार साइकल र्‍यालीसमेत आयोजना गरिने छ ।

पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त र्‍याली घेछेलिङ गुुम्बा दीपहुँदै, सुुखावती गुम्बादेखि अनदुुँस्थित शान्ति स्तुपासम्म हुने ¥याली संयोजक रवि उदासले बताए । बुुद्धजयन्ती अवसरमा जेठ २ मा बृहत कार्यक्रम हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै