पोखरा । पोखरा ४ नेपाली कांग्रेसका उम्मेदवारले आफ्नो वडाको घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । नेपाली कांग्रेसकातर्फ बाट वडाध्यक्ष पदमा देवकृष्ण पराजुली उम्मेदवार दिएका छन् । घरदैलोका क्रममा स्थानीयबासीबाट प्राप्त सुझाव तथा प्रतिक्रियाले आफू उत्साहित भएको वडाध्यक्ष पदका उम्मेदवार पराजुलीले बताए । दलित महिला सदस्य पदका उम्मेदवार विष्णुमाया परियार, महिला सदस्यमा पार्वती माकाजु, खुला सदस्यमा सञ्जय श्रेष्ठ र प्रकाश कोइरालाले उम्मेदवार दिएका छन् । कांग्रेसले वडाको एक मात्र सामुदायिक विद्यालय नवीन माविमा अंग्रेजी माध्यमबाट पढाइ गर्न पहल, वडाको वेबसाइट र मोबाइल एप सञ्चालन गर्ने, अर्ध वार्षिक र वार्षिक रुपमा वडाका गतिविधिको प्रकाशन गर्नेलगायत प्रतिबद्धता जनाएको छ ।
यस्तै शान्ति सुरक्षाको लागि मुख्य चोकअरुमा सिसिटिभी जडान गर्ने, व्यायामशाला, खेल मैदान, खुला क्षेत्र निर्माण गरिने, वडाका सडक बत्तीहरु र बाटोहरु बिग्रने बित्तिकै मर्मतसम्भार गरिने, मुख्य सडकमा भएका तारहरुलाई भूमिगत गर्र्ने व्यवस्था गरिने, सार्वजनिक शौचालय स्थापनालगायत प्रतिबद्धता जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१