पोखरा । पोखरा महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर तथा उपमेयर पदका उम्मेदवारले शुक्रबार पनि घरदैलोलाई निरन्तरता दिएका छन् । उनीहरुले आगामी वैशाख ३० को स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा मत माग्दै राप्रपालाई भारी मतले जिताउनुपर्ने बताए ।
घरदैलोमा मेयरका उम्मेदवार शंकर खराल, उपमेयर उम्मेदवार रञ्जना सेन पौडेलसहित पार्टीका प्रदेश, जिल्लास्तरका नेता एवं कार्यकर्ताहरु सहभागी थिए । टोलीले शुक्रबार तालचोक, विजयपुर, खुँदी, शिशुवा लगायतमा घरदैलो गर्दै कोणसभा गरेको थियो ।
पोखराको मेयर उम्मेदवार शंकर खरालले पोखराको सिंगो मुहार फेर्न यसपालि राप्रपालाई भोट दिन मतदातालाई आग्रह गरे । उनले विगतमा जिताएर पठाएकाहरुबाट विकासको आशा सम्भव नभएको बताए । उनले राप्रपाले जिते पोखरालाई भ्रष्टाचारमुक्त बनाउने, व्यावसायिक कर प्रणाली परिमार्जित गरिने, निःशुल्क स्वास्थ्य बिमा कार्ड व्यवस्था गरिने, कक्षा १२ सम्म निःशुल्क बनाउने, ग्रामीण भूमिकरमा ५० प्रतिशत र घरबहाल कर २५ प्रतिशत कटौती गर्ने लगायत प्रतिबद्धता व्यक्त गरे । राप्रपाको पोखरामा मोनोरेल र स्मार्ट सिटीको नारा नभइ सानोसानो कार्यमा सुधार गरे पनि पोखरावासीको मुहार फेरिने हुँदा त्यसमा दत्तचित्त भएको उनको भनाइ थियो ।
यसैबीच, राप्रपाले शनिबार पोखरामा आमसभाको तयारी गरेको जनाएको छ । चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजे हुने आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ रेखा थापा लगायत केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए ।
आमसभापूर्व पोखराको रानीपौवा ब्यारेट गेट अगाडिबाट बृहत् र्याली निस्कने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । राप्रपाले पोखरा महानगरमा मेयर–उपमेयरसहित ३२ वटा वडामा कुल १३२ जनालाई उम्मेदवार उठाएको छ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१