पोखरा । घोरेपानीका होटल व्यवसायी महिलाले पर्यटक लिएर आउने गाइड र पोर्टरहरुलाई निशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिंदै गएको बताएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धनमा पोखराका महिला पर्यटन व्यवसायी (ओटेफ) ले म्याग्दी घोरेपानीका होटल व्यवसायी महिलासँग गरेको क्षमता विकास एवं अन्तत्र्रिmया कार्यक्रममा सहभागीहरुले पर्यटक लिएर आउने गाइड पोर्टरलाई लामो समयदेखि निशुल्क रुपमा खाने बस्ने गरेको जनाउँदै यसले व्यवसायमा समस्या थपिंदै गएको बताएका हुन् ।
घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष मीना पुनले भनिन्, ‘हिजो केही व्यवसायीले पर्यटक ल्याउँछन् भन्दै निशुल्क खान बस्न दिनुभयो, आज त्यो ‘कल्चर’ ले हामीलाई समस्यामा पार्दै लगेको छ ।’ उनले मौसमअनुसार हुने व्यवसायमा अनगिन्ती समस्या रहेको जनाउँदै विदेशी पर्यटकले समेत ‘फ्रि’ मा कोठा माग्ने गरेको गुनासो सुनाइन् । उनले भनिन्,‘म २० वर्ष युके बसेर आएँ, त्यहाँ प्रत्येक कुरामा पैसा तिर्नुपर्छ तर नेपालमा हेपाहा प्रवृत्ति लिएर आउँछन् ।’
उनले पहिलोचोटि व्यवसायीका समस्यामा केन्द्रित महिलाको क्षमता विकास लक्षित कार्यक्रम लिएर घोरेपानी आएकोमा ओटेफलाई धन्यवाद समेत दिइन् । उनले भनिन्, ‘आजसम्म कोही आएर हाम्रा समस्याबारे सोधेनन् तर बाहिर बाहिर घोरेपानीमा खाना बस्न निकै महँगो छ भन्ने हल्लामात्र फिँजाए ।
होटल व्यवसायी महिला जुलि ठकुरी पुनले घोरेपानीलाई पर्यटकको एक उत्कृष्ट गन्तव्य बनाउन आफूहरुले प्रदान गर्ने होटलका सेवा सुविधामा निकै ध्यान दिएको बताइन् । उनले सहज यातायात नहुने पदमार्ग क्षेत्र भएकाले अधिकांश सामान भरिया र खच्चडबाट ल्याउनुपर्ने र ढुवानी खर्च निकै महँगो भए पनि त्यसको तुलनामा आफूहरुले निकै सस्तोमा खाना बस्ने व्यवस्थाको प्रबन्ध गरेको जानकारी दिए । उनले ६ सयदेखि ८ सय ५० सम्मको खाना, सुविधा हेरेर ३ सयदेखि २ हजारभित्रका कोठालाई महँगो भन्न नमिल्ने बताइन् । उनले आन्तरिक पर्यटक र विद्यार्थीलाई भने सहुलियत दिने गरेको बताइन् ।
उक्त क्षेत्रका सहभागी अन्य व्यवसायी महिला विष्णु पुन, ललिता पुन, सपना गुरुङ, मन्चुरी पुन, देउती पुन लगायतले पछिल्लो समय व्यवसाय सञ्चालनमा निकै कठिनाइ आइरहेको र लैंगिक हिसाबले पनि महिला व्यवसायीलाई अलि हेप्ने गरेको, एक्लै व्यवसाय सञ्चालन गरेका महिलाप्रति नकारात्मक दृष्टिकोण राख्ने गरेको केही अनुभव सुनाएका थिए ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले लैगिंक हिंसा न्यूनीकरणका लागि आर्थिक सशक्तीकरणको महत्व र नेतृत्व विकासको अपरिहार्यताको विषयमा सहजीकरण गरेकी थिइन् ।
ओटेफका अध्यक्ष पार्वती पाण्डेले सुगम र दुर्गम क्षेत्रमा महिला व्यवसायीका समस्या कतिपय साझा रहेको जनाउँदै महिला सशत्तीmकरण लागि हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको औंल्याइन् । उनले यस क्षेत्रका व्यवसायीहरु एक भएर अघि बढ्न सके देखिएका समस्याहरु छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।
व्यवसाय र व्यवसायी महिलाले भोगेका समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको जनाउँदै आगामी दिन पर्यटनमैत्री व्यवसायमा जोड दिएर यस क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउन सहकार्य र समन्वयमा जोड दिनुपर्ने संस्थाका सल्लाहकार दुर्गा ढकालको भनाइ थियो ।
कार्यक्रम सहभागी ओटेफका सदस्यहरुले घोरेपानी पुनहिल जाने पर्यटकलाई आवश्यक सूचना साथै पदयात्रा सामग्री बिक्री वितरण गर्दै आए पनि आज स्थलगत रुपमा घोरेपानी पुगेर त्यस क्षेत्रको अवलोकन गर्दा थप ज्ञान हासिल गर्न सफल भएको र आगामी दिन पर्यटकलाई यस क्षेत्रको बारेमा सही सूचना दिन सकिने धारणा राखे ।
कार्यक्रममा ओटेफका सचिव शर्मिला न्यौपानेले व्यवसायी महिलाको अनुभव आदानप्रदानबाट धेरै कुराहरु बुझ्ने अवसर मिलेको जनाउँदै आगामी दिनमा ओटेफले घोरेपानीको पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने बताए । संस्थाका सदस्य रीता रेग्मी (मुना) ले कार्यक्रमको उद्देश्यबारे चर्चा गरे ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१