नागरिक पार्टीको चुनावी अभियान

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
nagarik party

पोखरा । पोखरा महानगरपालिकाको मेयर, वडाध्यक्षलगायत सदस्यहरुमा उम्मेदवारी दिएको राष्ट्रिय नागरिक पार्टीले चुनावी अभियानलाई तीव्रता दिएको छ ।

पोखरा ९ को खुला सदस्य पदमा उम्मेदवारी दिएका पत्रकार कृष्ण रानाभाटले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना गर्दै मतदाताको घरदैलोमा गई प्रत्यक्ष रुपमा भेटेर आफ्ना एजेन्डा राख्दै प्रचारप्रसार गरेका छन् ।

उनले पोखराको मुख्य बजार महेन्द्रपुल, साँघुमुख, नयाँबजार क्षेत्रमा घरदैलो गर्दै आफ्नो दलका उम्मेदवारलाई जिताउन चंगा चिन्हमा भोट हाल्न आग्रह गरेका छन् । साथै मतदानमा बिना संकोच, बिना डर, त्रास सक्रिय सहभागी भई सही तरिकाले मतदान गर्न पनि मतदातासँग आग्रह गरे ।

राष्ट्रिय नागरिक पार्टीबाट पोखराको मेयरमा सिर्जनादेवी रिजाल कार्की, पोखरा २१ मा वडा अध्यक्ष पदमा लक्ष्मण सुनार, महिला सदस्यमा तुलकुमारी थापामगर, दलित महिला सदस्य नारायणी परियार र खुला सदस्यमा प्रदीप सुनार र विष्णुबहादुर थापाले उम्मेदवारी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width