संगम सहकारीमा अब मोबाइल बैंकिङ

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
sangam sahakari

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्षको सुरुआतसँगै मोबाइल बैकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

संस्थाले आयोजना गरेको तेस्रो त्रैमासिक समीक्षा बैठकको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष निरज थापाले र फिन्याक सफ्टवेयर कम्पनीका तर्फबाट पोखरा कार्यालयका प्रबन्धक सन्तोष गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरी मोबाइल बैंकिङ सेवा शुभारम्भ गरिएको छ ।

उक्त अवसरमा सेवाका बारेमा जानकारी दिँदै प्रबन्धक गौतमले बैंकहरुमा जस्तै मोबाइल बैंकिङ अन्तर्गत पर्ने सबै सुविधाहरु अब संगम सहकारीले पनि दिन सक्ने बताए । अब यस सहकारीका सदस्यहरुले घरमै बसिबसी बिजुली, पानी र टेलिफोनको पैसा तिर्न, मोबाइल रिचार्ज गर्न, सहकारी र बैंकका किस्ता तिर्न, आफन्तलाई रकम पठाउन, बस तथा जहाजको टिकट काट्न लगायतका कामहरु गर्न सक्नेछन् ।

संस्थाका अध्यक्ष निरज थापाले सबै विकृति विसंगतिलाई २०७८ सालसँगै बिसर्जन गरी भ्रमणको सिलसिलामा नयाँ वर्षको पहिलो दिन स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रुरुक्षेत्र धाम रिडीमा गंगाजल स्नान गरी सुरु गरिएको संगम सहकारीको अबको यात्रा नयाँ जोस र जाँगरका साथमा अझ पवित्र भावनाले सही बाटोतर्फ अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको बताए । उनले नीति, विधि र प्रविधिमा चलेको सहकारीले नयाँ वर्षको सुरुआतसँगै मोबाइल बैंकिङ सेवा सुचारु गरेर प्रविधिको क्षेत्रमा महत्वपूर्ण फड्को मार्न सफल भएको र यस सेवाबाट धेरै सदस्य लाभान्वित हुने कुराले आफूलाई खुसी लागेको बताए ।

कार्यालय प्रमुख बृहस्पति अधिकारीद्वारा आर्थिक गतिविधि प्रस्तुत भएको उक्त समीक्षा बैठकमा उपस्थित सदस्यहरुले देशको वर्तमान परिस्थिति अनुसार सहकारी सञ्चालनमा सजगता अपनाउनु पर्ने कुरामा जोड दिएका थिए । उपाध्यक्ष नवराज तिवारीले स्वागत मन्तव्य राखेको उक्त बैठक सचिव धनराज पुरीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै