स्वास्थ्य सेवामा नवप्रवेशी कर्मचारीका लागि अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९
induction (2)

पोखरा । गण्डकी प्रदेशका विभिन्न स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले छनौट प्रक्रिया सम्पन्न गरी सिफारिस गरेका स्थास्थ्य सेवाका कर्मचारीका लागि अभिमुखीकरण गरिएको छ । कार्यक्रममा ३ सय १ जना अहेव सहभागी थिए ।

नवप्रवेशी कर्मचारीका लागि सेवा प्रारम्भ गर्न आवश्यक सेवा सम्बन्धी आधारभूत विषयवस्तु र कार्यगत जिम्मेवारी सम्बन्धी जानकारी उपलब्ध गराउन प्रदेश लोक सेवा आयोग र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले अभिमुखीकरण गरेका हुन् ।

प्रमुख सचिव रविलाल पन्थले नवप्रवेशी कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिनुका साथै निजामती कर्मचारीका रुपमा इमान्दार राष्ट्र« सेवकको छवी बनाउँदै उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए । प्रदेश लोक सेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले नवप्रवेशी कर्मचारीहरूलाई आयोगले सिफारिस गरेको स्थानीय तहमा गई तोकिएको काम–कर्तव्य र जिम्मेवारी वफदारीपूर्वक सम्पादन गरी आफूलाई अव्वल सावित गर्न प्रात्साहित गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले जनप्रतिनिध र कर्मचारीको क्षमता विकासमा प्रतिष्ठानले खेलेको भूमिकाका बारेमा चर्चा गरे । कार्यक्रमको प्राविधिक सत्रमा कर्मचारी छनौट र सिफारिस सम्बन्धी व्यवस्था, कर्मचारीको मूल्यमान्यता र आचार संहिता, कर्मचारीको क्षमता तथा वृत्ति विकास र स्वास्थ्य सेवाका अहेवका मुख्य जिम्मेवारी र स्वास्थ्य सेवा प्रवाह गर्दा ध्यान दिनुपर्ने विषयमा सहजीकरण गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद आचार्य, आयोगका सदस्य द्वय योगेन्द्र गौचन तथा कल्पना लम्साल, स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्का, प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे र स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले सत्रको सहजीकरण गरेका थिए ।

प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका २ सय २६ जना अनमी कर्मचारीका लागि यस किसिमको अभिमुखीकरण यहि वैशाख ७ गते भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width