लमजुङ । लमजुङमा लाग्ने ऐतिहासिक छाउदी मेलामा विविध खेलकुद प्रतियोगिता गरिएको छ । दोर्दी गाँउपालिका ८ खिन्चोकमा आयोजित ऐतिहासिक छाउदी मेला २०७८ का अवसरमा खुला फुटबल, मैत्रीपूर्ण फुटबल, छेलो प्रतियोगिता गरिएको हो । मेलाका साथमा सबै खेलको समापनका साथमा पुरस्कार वितरण गरिएको छ ।
खुला फुटबल प्रतियोगितामा २७ टिमले भाग लिएका थिए । उक्त प्रतियोगिताको फाइनल खेलमा खिन्चोक एफसी टिम विजयी भएको छ । खिन्चोक एफसी र छ्याङ्दी बराह युवा क्लबबीच भएको फाइनल खेलमा १ का विरुद्ध ४ गोल गर्दै खिन्चोक एफ सी विजयी भएको हो । प्रतियोगिताको विजेता खिन्चोकले प्रथम पुरस्कार नगद १ लाख ५० हजार, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेता टिमलाई नगद ८० हजार, मेडल र प्रमाण प्रदान गरिएको आयोजक क्लबका सचिव खेम घलेले बताए । उनकाअनुसार सेमिफाइनलमा पुगेका टिमलाई नगद १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ । उनले भने, ‘उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५/५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।’
यसैगरी, सोही मेलाको अवसरमा दोर्दी शिक्षक संघ र दुवार एफ सी बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा ०–१ गोल गरी शिक्षक संघ विजयी भयो । विजेता टिमलाई पुरस्कार स्वरुप खसी प्रदान गरिएको छ ।
त्यस्तै मेलाकै अवसरमा आयोजित छेलो प्रतियोगितामा दूधपोखरीका पूर्णबहादुर तामाङ प्रथम तथा देर्दी गाउँपालिका– ६ का मनोज घले द्वितीय भएका छन् । उक्त प्रतियोगितामा ३४ जनाले भाग लिएका थिए ।
मेलाको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेस दोर्दी गाउँपालिका सभापति बिच्छबहादुर घले, दोर्दी ८ का वडा अध्यक्ष तुलबहादुर घले, ७ का वडाअध्यक्ष प्रेमबहादुर गुरुङ र आयोजक क्लबका अध्यक्ष कन्यबहादुर गुरुङले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
आयोजक क्लबका अध्यक्ष कन्यबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार सिंहबहादुर घलले स्वागत तथा सचिव खेम घलेको सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१