पोखरामा ‘महाभारा’ लेखकसँग संवाद

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७८
Mahabhara Photo

पोखरा । महाभारा उपन्यासका लेखक वसन्त बस्नेतसँग पोखरामा शनिबार संवाद गरिएको छ । ‘महाभारा संवाद पोखरा’ नाम दिइएको कार्यक्रममा लेखक बस्नेतसँग साहित्यकार लेखक तथा विश्लेषक झलक सुवेदीले संवाद गरे ।
उपन्यास महाभारा पूर्वी तराईको कथामा आधारित राजनीति, प्रेम र धर्मको सम्मिश्रण पाइने सुवेदीले बताए । सुरु सुरुमा लेखकलाई कथा अघि बढाउन कठिन जस्तो देखिए पनि पछाडि कथा सलल बगेको उनको प्रतिक्रिया थियो । उपन्यासमा कथा राम्रो भएको र भाषाले पनि उपन्यासलाई अझ सरल बनाएको उनको तर्क थियो । युद्धको समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उनले बताए । सरल जीवनमा आउने उथलपुथल, पूर्वी नेपालको भाषा र माओवादी विद्रोहको समयमा थाहा नपाएका पक्षहरू थाहा पाउन तथा लुकेका इतिहास बुझ्न चाहनेहरूका लागि यो उपन्यास पठनीय मानिने उनको भनाइ थियो ।
माओवादी विद्रोह र अफ्ठेरो राजनीति भोगिरहेको समाजमको चित्रण आफ्नो उपन्यासमा भएको लेखक बस्नेतले बताए । दरबार हत्याकाण्डपछि पश्चिमी पहाडका कथा आए पनि पूर्वी तराईका द्वन्दका कथा नआएका कारण त्यसका प्रतिनिधित्व गर्दै महाभारा बजारमा ल्याएको उनको प्रतिक्रिया थियो । एउटै पात्रबाट यो जुनीमा परिवर्तन सम्भव नभएकाले पात्रहरु पनि सबल नदेखाइएको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width