लेखनाथ जेसिजमा पदाधिकारी तालिम

आदर्श समाज सम्वाददाता
माघ २५, २०७८
JCI Lekhnath

लेखनाथ । लेखनाथ जेसिजका पदाधिकारीहरुलाई आ–आफ्ना पदीय जिम्मेवारी, काम, कर्तव्य, अधिकार र दायित्वबोध गराउने उद्देश्यले शाखा पदाधिकारी तालिम भएको छ । कार्यक्रममा लेखनाथ जेसिजका जेसिज वर्ष २०१० का अध्यक्ष ऋषिराम जमरकट्टेलले प्रमुख प्रशिक्षक थिए भने लेखनाथ जेसिज वर्ष २०१९ का अध्यक्ष रोशन अधिकारी सहायक प्रशिक्षक थिए ।
लेखनाथ जेसिज वर्ष २०२२ का कार्यसमिति सदस्यहरु र क्रियाशील सदस्यहरुको उपस्थितिमा सम्पन्न तालिममा लेखनाथ जेसिजका वर्ष २०२२ का प्रोमोसन अफिसर संघर्ष सापकोटाले उत्कृष्ट सहभागिताको अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
वर्ष २०२२ का अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसिजका पूर्व अध्यक्ष अर्जुन ओझा र पूर्व अध्यक्ष चिरञ्जीवी न्यौपानेले बोलेका थिए ।
कार्यक्रम संयोजक लेखनाथ जेसिजका व्यक्तिगत विकास क्षेत्रका उपाध्यक्ष सुजन तिमिल्सिनाले स्वागत र सञ्चालन वर्ष २०२२ का महासचिव कृष्ण तिवारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width