पोविमा २१ लाखको मूर्ति

आदर्श समाज सम्वाददाता
माघ २५, २०७८
Pokhara University

लेखनाथ । पोखरा विश्वविद्यालयमा करिब २१ लाखको लागतमा सरस्वती मूर्ति प्राण प्रतिष्ठान भएको छ । सरस्वती पूजा अवसरमा सो मूर्ति प्राण प्रतिष्ठा गरिएको हो । सो ठाउँमा करिब ७ लाखको लागतमा मन्दिर निर्माणाधीन छ ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेम अर्यालले योसँगै विद्यार्थी थप अध्ययनशील र अनुशासित हुने आशा व्यक्त गरे । सो मूर्ति जेभि फाउन्डेसले २ वर्ष अगाडि पोखरा विश्वविद्यालयलाई प्रदान गरेको थियो । तराई विद्यार्थी समाजले आयोजना गरेको कार्यक्रममा रजिस्ट्रार दीपक भन्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग