पोखरा । घान्द्रुकको कलाभिरमा लामा अमृत फाउन्डेसनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ बनाइएको हो ।
घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायी र देशविदेशमा रहेका दाताको सहयोगमा पक्की रेलिङ निर्माण गरिएको फाउन्डेसनका संस्थापक अमृत लामा गुरुङले बताए । सो स्थानमा असोज २५ मा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
गुरुङले दुर्घटनापश्चात् नकारात्मक सन्देश प्रवाह भएको बताउँदै सो क्षेत्रमा सवार गर्दा सुरक्षित महसुस गराउन रेलिङ निर्माण गरेको बताए । ‘त्यो दुर्घटना अत्यन्तै दुखदायी बन्यो । पर्यटकमा पर्न गएको नराम्रो खबरपछि हामीले धुक्क महसुस गराउन रेलिङ निर्माण गरेका हौं’, उनले भने, ‘यतिमात्र नभएर यही क्षेत्रमा भएका ५ वटा घुम्तीमा ऐना पनि राखेका छौं । यसले यात्रा थप सुरक्षित बनाउन मद्दत पुर्याउँछ ।’
उनले सो संरचना निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई धन्यवाद दिंदै घान्द्रुक यात्रामा सुरक्षित महसुस गर्न सकिने बताए । ‘त्यो घटनापछि गाउँले पनि हिड्न डराउथे । अहिले यो बनाइसकेपछि सबै ढुक्क बनेका छन्,’ गुरुङले भने ।
त्यसैगरी, प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङले लामा फाउन्डेसनले सराकारत्मक सन्देश दिने कार्य गरेको भन्दै प्रशंसा गरे । ‘यो कार्यले सबैभन्दा त सकारात्मक सन्देश पुर्याएको छ । अब सहजै सवारीसाधन घान्द्रुक भित्रिन सक्छन्’, उनले भने, ‘अझ सरकारी पक्षले पनि थप जोखिम क्षेत्रमा यस्ता रेलिङहरु निर्माण गर्नुपर्छ ।’
सो स्थानमा असोज २५ मा जीप दुर्घटना हँुदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए
यसैबीच, भारत राजदूतावासको सहयोगमा सञ्चालित एम्बुलेन्सका चालक तथा रेलिङ निर्माण समिति संयोजक यामबहादुर गुरुङले सो क्षेत्रमा यात्रा गर्दा ढुक्क भएको बताएका छन् । उनले सो रेलिङ निर्माणको संयोजकको रुपमा काम गरेको बताउँदै रेलिङ निकै बलियो रहेको जानकारी दिए ।
‘करिब ८ दिन लगाएर यो काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘यो माथि जति उठेको छ त्या भन्दा बढी नै जमिनमा पनि पिसिसी गरेर गाडेका छौ । यो बाटोमा गुड्ने सवारीलाई यसले सहजै रोक्न सक्छ । अब बल्ल ढुक्क भएका छौं ।’
गुरुङले सो सडक बिस्तार गर्दा आफू सचिव रहेको स्मरण गर्दै निजी स्रोतबाट सडक निर्माण गरेको बताए । सरकारको ३ लाख र स्थानीय समुदायको २ करोड लागतमा सडक बिस्तार गरेको बताउँदै भने, ‘यो बाटो यहीको गाउँलेले उठाएर खनेको हो । सरकारको त जम्मा ३ लाख मात्रै हो । त्यही कारणले पनि बाटोको ग्रेड अलि मिलेको छैन ।’ उनका अनुसार अहिले जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ । ‘अब ढलानको काम पनि छिटै हुन्छ । हामी तयारीमै छौं,’ गुरुङले भने ।
Related News
सम्बन्धित समाचार
प्रदेशभरका लाइब्रेरियन पोखरामा
मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ
गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त
बजेटको सिद्धान्त र प्राथमिकता : भौगोलिक सन्तुलन मिलाउने प्रतिबद्धता
‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रतिको कटाक्ष स्वीकार्य हुँदैन : अधिकारी
hero news full width
मुख्य समाचार
आइसिसी टी–२० विश्वकपः अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत
पोखरामा भोलिदेखि रोजगार मेला
जेठ २०, २०८१एमाले पोखराको अधिवेशन सुरु, प्यानलकै प्रतिस्पर्धा
जेठ १९, २०८१आदर्श समाजकर्मी विजयलाई पुरस्कार, फिल्मकर्मी विनोदलाई सम्मान
जेठ १९, २०८१गणेशमान फाउन्डेसनको सम्मान, वर्तमानलाई टेकेर भविष्य हेरौंः पूर्व सभामुख ढुंगाना
जेठ १९, २०८१९० वर्षीय तन्नेरी हंशबहादुर
जेठ १९, २०८१