पोखरा । विन्दुवासिनी संस्कृत विद्यापीठमा प्राज्ञिक लेखन कार्यशाला तथा तालिम भएको छ । विद्यापीठअन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइ आयोजना र विश्वविद्यालय अनुदान आयोग सहयोगमा ५ दिनसम्म सो कार्यशाला तथा तालिम भएको हो । जसमा प्राज्ञिक लेखनका विषयमा कार्यपत्र प्रस्तुति, छलफल, लेखन अभ्यास र प्रस्तुतीकरण भएको थियो ।
कार्यक्रममा ७ कार्यपत्र प्रस्तुत गरिएको अनुसन्धान व्यवस्थापन एकाइका सदस्यसचिव उपप्रा. प्रकाश पौडेलले बताए ।
कार्यक्रम उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्ज जोनले आजको युग प्रकाशनको रहेको हुँदा प्राध्यापकले गरेको प्राज्ञिक वा कार्यमूलक अनुसन्धानलाई लिपिबद्ध गरी प्रकाशन गर्नुपर्ने र त्यसका लागि यस्ता कार्यक्रम उपयोगी बन्ने बताए ।
विद्यापीठका प्राचार्य प्राडा जगन्नाथ रेग्मीले कार्यशालामा विभिन्न विज्ञबाट प्राज्ञिक लेखन सम्बन्धमा महत्वपूर्ण जानकारी प्रदान गरिने बताए । यस सत्रमा विद्यापीठको प्रगतिशील प्राध्यापक संगठन अध्यक्ष उपप्रा. श्यामप्रसाद पौडेल, अंग्रेजी विभागका अध्यक्ष प्रा. सत्यराज सुवेदी, सहप्रा. डा. भोलानारायण रेग्मी, एकाइका संयोजक चूडामणि कँडेललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्राडा नारायण चालिसे, डा. खगेन्द्र घोडासैनी, डा. श्रीधर न्यौपाने र डा. त्रिभुवन बरईले कार्यपत्र प्रस्तुत गरे । उनीहरूका कार्यपत्रमा लघु अनुसन्धान प्रस्तावनालेखन, प्राज्ञिक लेखन, सुलेखन विधि, भावहरण र विभिन्न प्रकारका संकथन पहिचान र लेखन सिपसँग सम्बद्ध थिए । प्राडा जगन्नाथ रेग्मी, सहप्राडा भोला नारायण रेग्मी सहप्रा. आनन्दमणि रिजाल, सहप्राडा काशीनाथ कँडेल, उपप्रा. प्रकाश पौडेलले छलफलका सत्र सञ्चालन र लेखन कार्यशालाको संयोजन गरेको कार्यक्रममा विभिन्न १४ ओटा सत्रमा कार्यपत्र प्रस्तुति र छलफल, ३ ओटा सत्रमा लेखन कार्यशाला र ३ सत्रमा समूहगत प्रस्तुतीकरणमाथि विज्ञबाट पृष्ठपोषण प्रदान गरिएको थियो ।
समापनमा नेपाल संस्कृत विश्व विद्यालय सेवा आयोग सदस्य सचिव प्रा. मुरलीमोहन बास्तोलाले कार्यक्रमका कार्यपत्र प्रस्तोता, सहजकर्ता र सहभागीलाई प्रमाणपत्र वितरण गर्दै केही प्राप्त गर्न गरिने उद्देश्यमूलक अनुसन्धानभन्दा समाजका लागि गरिने दायित्वपूर्ण अनुसन्धानले व्यक्तिलाई फाइदा पुग्ने बताए ।
पृथ्वीनारायण क्याम्पसको विद्यार्थी कल्याण शाखा प्रमुख उपप्रा. डा. बोधराज ढकाल, प्राचार्य प्राडा जगन्नाथ रेग्मी र सहप्रा.चूडामणि कँडेलले मन्तव्य राखेका थिए । सहभागीबाट पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक गीता पौडेल गुप्तेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक जमुना अर्याल र उपप्रा. गणेश शर्मा सुवेदीले कार्यक्रम प्रभावकारी र उपलब्धिपूर्ण रहेको बताए । कार्यक्रममा विद्यापीठ तथा पोखरामा रहेका त्रिविका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा कार्यरत् ४० जना प्राध्यापकले भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१