विन्ध्यवासिनीमा गुनासो पेटिका हस्तान्तरण

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८१
gunaso petika bindhyabasini

पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई गुनासो पेटिका हस्तान्तरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर थप वृद्धिका लागि अभिभावक तथा विद्यार्थीबाट प्राप्त सुझाव, सल्लाह र गुनासो संकलन गर्ने उद्देश्यले पेटिका हस्तान्तरण गरिएको हो । उक्त पेटिका बाल हितकारी परियोजना नेपालका प्रतिनिधि संगीता कोइरालाले विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरूदत्त भट्टराई र प्रधानाध्यापक कृष्णप्रसाद आर्चायलाई हस्तान्तरण गरिन् ।

बाल क्लब, मनिटर, शिक्षक, कर्मचारी, अभिभावकका बीच गुनासो पेटिका प्रयोगबारे छलफलसमेत भएको थियो ।

कार्यक्रममा समितिका ज्येष्ठ सदस्य भट्टराईले विद्यालयको शैक्षिक विकासमा सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आर्चायले परियोजनाले महŒवपूर्ण कार्यक्रम आयोजना गरी सहयोग गरेकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा सहभागीले गुनासो पेटिकामा प्राप्त सुझावलाई कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width