पोखरा, १ माघ । ललितपुरको टि वर्गर भेट्रान्सले एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा पोखराको एबिसी भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित १ लाख ५१ हजार पुरस्कार प्राप्त गर्याे । बगर भाइखलकको आयोजनामा भएको पाँचौं स्व. रञ्जित गुरुङ बगर भाइखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जिताउन भूपेन लिम्बु २ र रमेश गुरुङले १ गोलको योगदान दिए ।
उपविजेताले ७५ हजार ५ सयसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा म्यान अफ दि म्याच टि वर्गरका भूपेन लिम्वु नै खेल अवधिभर सर्वोत्कृष्ट खेलाडी घोषित भए । साथै उनी उत्कृष्ट मिडफिल्डरसमेत घोषित हुँदै कुल १५ हजार पाए ।
उत्कृष्ट गोलरक्षक टि वर्गरका मीनबहादुर बस्नेत, डिफेण्डर एविसीका विष्णुलाल श्रेष्ठ, फरबार्ड टि वर्गरका नगेन लिम्वु घोषित भए । उनीहरुले जनही ५ हजार पाए ।
विजेतालाई मुख्य प्रायोजक स्व. रञ्जित गुरुङका छोरीज्वाइँ मञ्जु÷मे.खुसीमान गुरुङ ‘एमभिओ’, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, संस्थाका अध्यक्ष दिलबहादुर गुरुङ, बगर भाइखलक युकेका अध्यक्ष दिलरास गुरुङ, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ, सहारा युकेका अध्यक्ष रि.ले कुशाङ गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, बगर भाइखलकका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ ‘सिएम’, बगर भाइखलकद्वारा सम्मानित व्यक्ति महेश गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २५ टिमले भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१