काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अङ्कले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२१ अङ्कले बढेर ५१९.३७ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकमसमेत आज वृद्धि भएको छ । कूल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर रु सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ६ अर्ब ५३ करोड ११ लाख १० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३५.०३, व्यापार १७१.२५, होटेल तथा पर्यटन ५.२३, विकास बैंक २५७.१, जलविद्युत् १४८.१८, वित्त ११५.६३, निर्जीवन बीमा ३७९.७७, उत्पादन १३६.९९, अन्य ६२.७९, लघुवित्त ७०.४५, जीवन बीमा २९५.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ३.४७ अङ्कले उकालो लागेको छ ।
कारोबार भएकामध्ये आज अपी पावर कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु २९ करोड २२ हजार २७३ बराबरको कारोबार भयो । प्रभु बैंक रु २० करोड ८६ लाख ४२ हजार, माथिल्लो तामाकोसी रु २० करोड १५ लाख ७७ हजार ६१२, शिवम् सिमेन्ट रु १९ करोड ३९ लाख ८९ हजार र अरुण भ्याली हाइड्रोपावर रु १८ करोड ७५ लाख पाँच हजार ४२८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, युनियन हाइड्रोपावर ९.९८, मध्यभोटेकोसी ९.९७ र न्यादी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए । त्यस्तै, नेपाल एसबिआई बैंकको ऋणपत्र १.४२, मिथिला लघुवित्त १.२७, सानिमा लार्ज क्याप फन्ड १.१६, एनआइबिएल प्रगति फन्ड १.०८ र नबिल डिवेञ्चरका लगानीकर्ताले ०.९८ प्रतिशतले गुमाए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१