नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रले आइतबार काठमाडौंमा आफ्नो महाधिवेशन प्रारम्भ गरेको छ । पार्टीले सुरुमा राष्ट्रिय सम्मेलन गर्ने भनिए तापनि पछि त्यसैलाई महाधिवेशनमा परिणत गरेको हो । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा किन परिणत गरियो, त्यो आपैmंमा प्रश्न चिन्ह भएर खडा भएको छ । माओवादी केन्द्रले भने सम्मेलनले महाधिवेशनका सबै शर्त पूरा गरेकाले अन्तिममा त्यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको जनाएको छ । पार्टीको चुनाव यसपटक बहुपदीय किसिमले हुन लागेको, ती पदहरुमा आकांक्षीहरु धेरै भएको र ती आकांक्षीहरुले आफ्नो पक्षमा लविङ सुरु गरेको विदितै कुरा हो । जति पछि भयो, उति आकांक्षीहरुको प्रचारप्रसार बढ्ने र लविङ चर्को हुने भएकोले त्यसको रोकथामका लागि पछि हुने भनिएको महाधिवेशन अहिले गर्न लागेको अनुमान गरिएको छ ।
यो अधिवेशन माओवादी केन्द्रका लागि महत्वपूर्ण छ । त्यो पार्टीले केही वर्ष यता धेरै आरोह–अवरोह पार गर्दै आएको छ । कुनै बेला सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको पार्टी अहिले त्यसको आकार खुम्चँदै गएको छ । धेरै नेताहरुले पार्टी छाडेर बाहिर गएको अवस्था छ । अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिने नेताहरु सबै बाहिर गएकाले उनको विकल्पमा त्यहाँ कोही छैन । पार्टीको संरचना नै त्यस्तो छ कि उनको विरोधमा कोही उठ्नै सक्दैन । उनी निर्विकल्प अध्यक्ष हुन् । यत्तिसम्म कि उनको साथ र सहयोग अर्थात् अर्को भाषामा उनको आशीर्वाद बिना कसैले महत्वपूर्ण पदहरुमा जित्नै सक्दैनन् । पदका आकांक्षीहरुले उनको इशारा पर्खेर बसेका छन् । आकांक्षीमध्ये केहीले यसैबेला उनलाई खुसी पार्न बिर्सिसकेको प्रचण्डपथ सम्झाएका छन् र त्यसको आवश्यकताबारे बोल्न थालेका छन् । यो महिनाको सुरुदेखि नै प्रचण्डपथको आवाज सुनिन थालेको छ ।
शान्ति प्रक्रियामा आएपछि सर्वसाधारण जनताले समेत माओवादीबाट धेरै आशा अपेक्षा गरेका थिए । निर्वाचनमा पहिलो पार्टी भएर देखापरेपछि अध्यक्ष प्रचण्डले के–कसरी सरकार चलाउलान् भनी मानिसहरुले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका थिए । तर उनले सकेनन् । उनको पालामा घटनाहरु अनेक भए । पार्टी फुट्ने र जुट्ने भए । तर उनी केहीमा पनि सफल भएनन् । उनले न आफ्नो क्रान्तिकारी छबि कायम राखिराख्न सके न त्यसलाई परित्याग गर्न सके । श्रमिक, किसान, मजदुर उनीबाट टाढा भए । केही धनाढ्य ठेकेदारहरु उनको नजिक पुगेर उनको बदनाम गरे । अब आउने आम चुनाव उनको लागि चुनौती भएर आउने निश्चित छ । त्यसो भएकाले पार्टीको यो महाधिवेशनमा के–कस्तो र राजनीतिक प्रस्ताव पेस गर्दछन् र संगठनलाई के–कसरी चुस्त र पूmर्तिसाथ अगाडि बढाउँछन्, त्यो जिज्ञासाको विषय भएको छ । आगामी ३/४ दिन माओवादी केन्द्रका लागि ज्यादै महत्वपूर्ण छ । पार्टी पहिलोपटक बहुपदीय पद्धतिमा जान लागेकाले कुन–कुन पदमा को को नेताहरु निर्वाचित हुन्छन् त्यो पनि महत्वपूर्ण छ । अहिले सबैको ध्यान काठमाडौंको महाधिवेशनमा केन्द्रित भएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१