भारतका रक्षामन्त्री राजनाथ सिंहले बुधबार उत्तराखण्डको देहरादूनमा आयोजित एक कार्यक्रममा नेपालसँगको सम्बन्धलाई लिएर गरिएको भाषणप्रति नेपालीहरुको ध्यान आकर्षित भएको छ । उनले नेपालसँगको भारतको सम्बन्धलाई ‘रोटीबेटी’ को सम्बन्ध रहेको भन्दै त्यसलाई कुनै पनि हालतमा टुट्न र बिग्रन नदिने भनेका छन् । अर्काेतर्फ उनले भारतले दुनियाँको कुनै पनि देशको १ इञ्च पनि जमिन कहिल्यै कब्जा नगरेको दाबी गरेका छन् । नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अपनाएको देश हो । यसको सबै देशहरुसँग राम्रो सम्बन्ध छ । यसको भारतसँग जस्तो सम्बन्ध छ, छिमेकी चीनसँग पनि त्यस्तै सम्बन्ध छ । त्यसकारण भारतले चीनले नेपाल र भारतको सम्बन्ध बिगार्ला कि भनी शंका गर्नु आवश्यक छैन । आफ्नो छिमेकीसँग कहिले कस्तो व्यवहार गर्ने, त्यो नेपाललाई राम्ररी थाहा छ ।
अर्काे कुरा, जहाँसम्म भारतका मन्त्री सिंहले भारतले कुनै पनि देशको १ इञ्च जमिन कहिल्यै कब्जा गरेको छैन भनी भनेको कुरा छ, त्यसमा नेपालको आफ्नै भनाइ छ । भारतले अरुको जमिन के कसो गरेको छ, त्यो हाम्रो सरोकारको कुरा होइन । तर जहाँसम्म नेपालको जमिनको कुरा छ, नेपालको केही जमिन भारतले कब्जा गरेको छ । महाकाली, लिपुलेक र लिम्पियाधुरा जुन अहिले भारतको सुरक्षा बल बसिरहेका छन्, त्यो नेपालको भूभाग हो । नेपालको संसदले संविधान नै संशोधन गरी नेपालको नक्सामा महाकाली, लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको छ । त्यसबारे नेपालले भारतसँग वार्ता गर्न पटक–पटक आमन्त्रण गरेको छ तर भारत वार्ताको टेबुलमा बस्न तयार छैन । एकातिरको स्थिति यस्तो भने अर्काेतिर भारतका रक्षामन्त्रीले नेपाली सीमा नजिक आएर प्रवासी नेपालीहरुको बाहुल्य भएको ठाउँमा त्यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक कुरा हो । मिचाहापनको एक नमुना हो ।
नेपाल र भारतको सम्बन्धलाई औपचारिक कार्यक्रममा र सरकारीस्तरका नेताहरुले राम्रो र सुमधुर भन्ने गरिए तापनि यो सम्बन्ध सुमधुर छैन । सुमधुर सम्बन्ध भएको भए भारतले एकतर्फी किसिमले नाकाबन्दी गर्ने नै थिएन । नेपालीहरुले पटक–पटक नाकाबन्दीको भार सहनु परेको घामजस्तै प्रष्ट छ । हामी भारतीय मित्रलाई सोध्न चाहान्छौं–नाकाबन्दी कस्तो देशको विरोधमा गरिन्छ ?
मुखले राम्रो भनेरमात्र हुँदैन, व्यवहार राम्रो हुनुपर्दछ । भारतले सीमामा एकतर्फी बाँध आदि बनाएर सिमानाको नेपाली भूभाग वर्षामा जलमग्न हुने गरेको छ । जसको कारण खेतीपाती नोक्सान हुने गरेको छ । सर्वसाधारण नेपालीहरु दुई देशका दुई देशको सन्धि सम्झौता पुनरावलोकन गरी प्रतिवेदन तैयारी गर्न सरकारहरुले २ देशको सन्धि पुनरावलोकन गरी प्रतिवेदन तयार गर्न आफ्ना प्रवुद्ध व्यक्तिहरु राखेर बनाएको संयुक्त समितिले तयार गरेको प्रतिवेदन भारत सरकारले यत्तिञ्जेल नबुझेकोमा पनि आश्चार्य मान्ने गरेका छन् । हामी यस अवसरमा दुवै सरकारले महाकाली, लिपुलेक र लिम्पियाधुराको विवाद छिटो समाधान गर्न जोड दिन्छौं । त्यो र त्यस्तै अन्य विवाद छिटोभन्दा छिटो सौहार्दपूर्णक समाधान गरिएमा त्यो असल मित्रताको प्रतीक हुनेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१