पोखरा । नेपाली कांग्रेसकाे अधिवेशन अन्तगर्त गण्डकी प्रदेशमा अहिले मनाेनयन दर्ता प्रक्रिया चलिरहेकाे छ । कास्की पार्टी कार्यालय चिप्लेढुंगामा अहिले नेता तथा कार्यकर्ताकाे भीड लागेकाे छ ।
यसैबीच ४ आकांक्षीकाे व्यवस्थापन गर्दै सभापतिकाे उम्मेदवार चयन गरेकाे पाैडेल समूहले ढिलाे गरी पदाधिकारीका उम्मेदवार छानेकाे छ ।
सभापतिमा हिजाे नै शुक्रराज शर्माकाे नाम नेता रामचन्द्र पाैडेलले घाेषणा गरेका थिए । उपसभापतिमा बागलुङका हरिकुमार श्रेष्ठ र स्याङ्जाकी कल्पना तिवारी, महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गाेरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
सहमहामन्त्रीमा पर्वतका रामचन्द्र जाेशी, लमजुङका रमेश पाण्डे र महिला सहमहामन्त्रीमा कास्कीकै काेपिला रानाभाट पाैडैल समूहका उम्मेदवार हुन् ।
सभापति देउवा समूहले पर्वतका अर्जुन जाेशीकाे नेतृत्वमा टिम घाेषणा गरेर चुनावमा हाेमिएकाे छ ।
उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत, महामन्त्रीमा गोरखाका ईश्वर पाण्डे र कास्कीका कुमार खड्का तथा सहमहामन्त्रीमा गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आले र नवलपुरकी ओमकला गौतमलाई उम्मेदवार बनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका भवन निर्माणमा नयाँ प्रविधि
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार
महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१