पोखरा । वैदेशिक रोजगारीका कमीकमजोरी न्युनीकरणका लागि राज्यलाई नीतिगत पैरवी गर्दै आएको गैरसरकारी संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम) को अन्तक्र्रिया बिहीबार सम्पन्न भयो ।
एसियन फोरम गण्डकी प्रदेश तथा कास्की जिल्ला समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले कोरोनाका कारण प्राय गैरसरकारी संस्था बन्द भएको अवस्थामा एसियन फोरमले कोरोनाले बढी असर पारेको क्षेत्रमा कार्य गरेको बताए ।
संस्थाका पूर्व अध्यक्ष नीरज थापाले संस्थाले काठमाडौ उपत्यका, तनहुँ र कास्की जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको बताए ।
सो अवसरमा केन्द्रीय सचिव विजय गुरुङ, सदस्य मीरा पौडेल, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बानियाँ, सचिव कृष्ण रानाभाट, कोषाध्यक्ष उमाकान्त पराजुली, सदस्य रामचन्द्र लामिछाने, कास्की जिल्ला अध्यक्ष तिलक थापा, कोषाध्यक्ष पार्वती पौडेल रेग्मी, सदस्य किरण गुरुङले धारणा व्यक्त गरेका थिए ।
सो अवसरमा प्रदेश समिति र जिल्ला समितिको साधारण सभा तथा अधिवेशन छिट्टै गर्ने निर्णय गर्न प्रदेश सचिव कृष्ण रानाभाटको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । समिति सदस्यमा रामचन्द्र लामिछाने र कास्की जिल्ला कोषाध्यक्ष पार्वती पौडेल रेग्मी रहेको कास्की जिल्ला अध्यक्ष तिलक थापाले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१