पोखरा । सरकारले विशिष्ट श्रेणीका सचिवहरुको सरुवा गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गर्ने निर्णय गरेकाे हाे ।
पूर्वगृहसचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयका यादव कोइरालालाई शिक्षा मन्त्रालयमा लगिएको छ ।
त्यसैगरि संघीय मामिला मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सरुवा गरिएको छ ।
संघीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्याललाई भने श्रम मन्त्रालयमा पुर्याइएको छ । अर्याललाई गत वर्ष कार्तिक २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको थियो ।
अर्याल त्यसअघि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । यस अघि दिनेश थपलिया सामान्य प्रशासनका सचिव हुँदा सोही मन्त्रालयका सहसचिव चलाएका सुरेश अधिकारीले केही समय सोही मन्त्रालयको निमित्त सचिव चलाएका थिए ।
एक नम्बर प्रदेशको प्रमुख सचिव,अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै निर्वाचन आयोगमा पुगेका अधिकारी झण्डै दुई वर्ष पछि सामान्य प्रशासनमै फर्किएका छन् ।
अर्का सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । शहरी विकासका सचिव रमेश सिंहलाई त्यहाँबाट हटाइएको छ ।
अर्का सचिव सूर्य गौतमलाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । यस्तै शिक्षा सचिव रामप्रसाद थपलिया पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ भने वित्त आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा पठाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१