बिनादर्ता सञ्चालित पसलले समस्या

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
lcci

लेखनाथ । व्यवसाय सञ्चालनमा भोग्नु परेका समस्या र त्यसको समाधान उपायबारे जानकारी लिने उद्देश्यका साथ फेन्सी, कपडा व्यवसायी र भाँडा व्यवसायीबीच अन्तक्र्रिया भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भएको अन्तक्र्रियामा सहभागी संघका फेन्सी तथा कपडा व्यवसायी र भाँडा व्यवसायी सदस्यले व्यवसाय सञ्चालन गर्दा कोभिड १९ को प्रभाव तथा सरकारको कुनै पनि निकायमा दर्ता नभएका,पोके व्यवसाय फस्टाएको कारण आफूहरु मर्कामा परेको गुनासो गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले आफूले सञ्चालन गर्दै आएको व्यवसाय सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालनमा ल्याउन सुझाव दिए । समय–समयमा विभिन्न स्थानमा हुने मेला महोत्सवमा सहभागिता जनाएर पनि आफ्नो व्यवसायलाई सुदृढ गर्न सकिनेमा जोड दिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, कार्यसमिति सदस्य विक्रम कर्माचार्यले व्यवसाय प्रवद्र्धनको लागि व्यावसायिक योजनाका साथ लगानी बढाउनु पर्ने, व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने कुरामा जोड दिंदै बिनाइजाजत सञ्चालित व्यवसाय निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै