महानगरका कर्मचारी आन्दोलित

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
Mahanagr Ka ba Mayor Gaypanpatra pic 01

पोखरा । पोखरा महानगरपालिका स्थानीय तहतर्फका कर्मचारी आन्दोलित बनेका छन् । आफूहरुको लामो समयदेखि वृत्ति विकास र स्थायित्व नभएको भन्दै सो माग पूरा गर्न एक साताको अल्टिमेटम दिएका छन् ।
महानगर स्थानीय तहतर्फका कर्मचारीले सोमबार महानगर कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई पाँचबुँदे ज्ञापनपत्र बुझाएका छन् ।
महानगरपालिका संयुक्त कर्मचारी समिति अध्यक्ष इन्जिनियर झपटबहादुर थापाको नेतृत्वमा विभिन्न कर्मचारी संघ संगठनका प्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । आफूहरुको माग एक साताभित्र सुनुवाइ नभए आन्दोलनमा उत्रिने समिति अध्यक्ष इ. थापाले बताए । स्थानीय सरकारको रुपमा रहेको महानगरले आफैंले कानुन बनाएर कार्यान्वयन गर्न सक्ने भए पनि कर्मचारीको समस्या समाधानमा उदासीन बनेको उनको आरोप छ ।
आन्दोलित कर्मचारीले सरकारले कर्मचारी समायोजन ऐन बनाएर निजामती सेवातर्फका कर्मचारीलाई २ तह वृद्धि गरी स्थानीय तहमा पठाएको उल्लेख गर्दै लोक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम परीक्षा प्रणालीमा उत्तीर्ण भै कामकाज गरेका स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको बताएका छन् । महानगरले कानुन बनाएर स्थानीय तहका कर्मचारीको व्यवस्थापन नगर्दा १५ वर्षदेखि कर्मचारीको बढुवा रोकिएको उनीहरुको गुनासो छ । साथै, २०६४ असोज मसान्तअघि अस्थायी र करारमा नियुक्त भएका कर्मचारीको सम्बन्धमा सम्मानित अदालतले गरेको परमादेश कार्यान्वयन गर्नसमेत कर्मचारीले माग गरेका छन् । कर्मचारीले अस्थायी, करार र ज्यालादारी कर्मचारीले खाइपाइ आएको सेवासुविधा कटौती गरिएको भन्दै आपत्ति जनाएका छन् । विगतमा कार्यालयले कर्मचारी सञ्चयकोष, महँगी भत्ता, पोशाक भत्ता लगायतमा गरेको व्यवस्था कायम गर्न पनि माग गरे ।
अस्थायी, करार र ज्यालादारी कर्मचारीको सेवा सुनिश्चितपछि मात्रै नयाँ दरबन्दी सिर्जना गरी कर्मचारीको भर्ना प्रक्रिया अघि बढाइनु पर्ने र अन्यत्रबाट महानगरमा जथाभावी कर्मचारी ल्याउने काम बन्द गरिनुपर्नेसमेत माग छ । साथै महानगरको कर तथा राजस्व करमैत्री बनाइनु पर्ने, सेवा प्रवाह नागरिकमैत्री हुनुपर्ने, बेरुजु र बेथितिको सुधार गर्दै सुशासनमैत्री बनाउन तत्काल कार्ययोजना बनाइनुपर्ने पनि उनीहरुको माग छ ।
पोखरा महानगरमा गाभिएपछि तत्कालीन लेखनाथ नगरपालिका र विभिन्न गाविस एवं उपमहानगर समेतका गरी स्थायी, अस्थायी, करार र ज्यालादारी गरी झन्डै ५ सय जना कर्मचारी स्थानीय तहतर्फ कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width