चित्रकलामा राइजिङ स्टारकी सुस्मिता प्रथम

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७८
Peace Poste Contest 2

पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा ११ देखि १३ वर्षसम्मका विद्यार्थीहरुको पिस पोस्टर चित्रकला प्रतियोगिता शुक्रबार भएको छ । पोखरामा रहेका विद्यालयलाई समेटेर ‘विइ अल आर कनेक्टेड’ शीर्षकमा प्रतियोगिता भएको हो ।
प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए । प्रतियोगितामा राइजिङ स्टार एकेडेमीकी सुस्मिता श्रेष्ठ प्रथम, हिल प्वाइन्ट सेकेन्डरी सकुलकी सोयंका गुरुङ द्वितीय, नवप्रभात माविकी वन्दना कुमाल तृतीय र हिल प्वाइन्टकी सोनी पुर्जा पुन सान्त्वना भएका थिए । उनीहरुले क्रमशः नगेन आर्ट एकेडेमीमा आर्ट क्लासमा ५० र २५ प्रतिशत छुटसहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेका थिए ।
एसिस्टेन्ट चिफ एडभाइजर अर्जुन थापाले विद्यार्थीको उज्वल भविष्यको कामना गर्दै कलामा निरन्तर लागे कलामा राम्रो हुने बताए । उनले नेपालमा पनि अहिले अभिभावककले आफ्ना सन्ततिलाई चित्रकलामा लाग्न हौसला दिन थालेको सुनाए ।
लायन्स क्लब अफ पोखरा नर्सेसका अध्यक्ष गीता जोशीले विश्व शान्तिको लागि लायन्सले प्रत्येक वर्ष गर्दै आएको महत्वपूर्ण कार्यक्रम भएको बताइन् ।
कार्यक्रममा प्राज्ञ नगेन सिंहले विद्यालयले कला क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराउनु निकै प्रशंसनीय भएको बताए । निर्णायक संयोजक वरिष्ठ चित्रकार गोपाल श्रेष्ठले कलालाई निरन्तर साधना गर्नसक्ने हो भने व्यक्तित्व विकाससँगै जीवन यापनमा सजिला हुने बताए ।
लायन्स क्लबको कास्कीको जोन चियरपर्सन बलराम पहारीले विद्यार्थीले २ घन्टामा बनाएको चित्रकला उत्कृष्ट रहेको बताउँदैं विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरे ।
पिस पोस्टर कन्टेस्टका सेन्टर कोर्डिनेटर शम्भु बास्तोलाले पिस पोस्टर कन्टेस्टको र लायन्स क्लबबारे प्रष्ट्याए ।
लायन्स क्लब अफ पोखरा नर्सेस अध्यक्ष गीता जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निशा श्रेष्ठले स्वागत र सरु प्रधानले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width