जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।
बडादसैँको सप्तमीका दिन बिहान ३ बजे स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि सिकिन्दरसहितपरिवारका चारै जनाले सुकमरियाले नै जादु र टुनामुना लगाएको भन्दै उनलाई समातेर मलमूत्र खुवाउनुका साथै अपमानजनक व्यवहार गरेका थिए ।
सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतोले दलेर मानव मलमूत्र खुवाएका थिए । सो घटनामा प्रहरीले कात्तिक १ गते अभियुक्तहरूलाई पक्राउ गरेको थियो ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१