पोखरामा गत आइतबार सम्पन्न भएको नागरिक समाजको कार्यक्रममा समाजका अगुवाहरुले नागरिक समाजभित्र राजनीति घुसेको र समाजका पदाधिकारीहरुले राजनीतिमा पनि भाग खोजेर दोहोरो चरित्र देखाएकाले नागरिक आन्दोलन कमजोर भएको बताए । वास्तवमा केही वर्षदेखि नागरिक आन्दोलन कमजोर भएर गएको छ । हिजो सरकारले सानो गल्ती गर्नासाथ नागरिक अगुवाहरु सडकमा आउँथे र आन्दोलन गर्दथे । २०४६/०४७ सालतिर नागरिक समाज र अधिकारकर्मीहरुले राजनीतिक परिवर्तन ल्याउन अर्थात् पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्थाको पुनस्र्थापना गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै तिनीहरुले २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा पनि त्यत्तिकै महत्वपूर्ण भूमिका खेलेका थिए । तिनीहरुले राजनीतिक परवर्तनका लागि त्यस्तो योगदान दिएकाले समाजले पनि तिनीहरुलाई सम्मानको दृष्टिले हेर्ने गरेका छन् ।
तर त्यसपछि नागरिक समाजभित्र राजनीतिकर्मीको प्रवेश भयो । समाजमा राजनीतिकर्मीको प्रवेशपश्चात् तिनीहरुको भूमिका सन्तुलित भएन । तटस्थ बस्नुपर्ने तिनीहरुको झुकाव आफ्नो माउ पार्टीतिर भयो । आफ्नो पार्टीको सरकारले नराम्रो काम गरेको बेलामा पनि तिनीहरुले यो सरकारले नराम्रो काम गर्यो भनेर बाहिर आएर विरोध गर्न सकेनन् । धेरैपटक त्यस्तो भएपछि तिनीहरुको चिनारी प्रष्ट रुपमा बाहिर देखिन थालियो र तिनीहरुलाई कुन पार्टीको भनेर सोध्न थालियो । त्यस्तो स्थिति आएपछि तिनीहरुको महत्व पनि बिस्तार घट्दै गयो । हिजो आन्दोलनमा योगदान गरेका नागरिक समाजको अगुवाहरु पन्छिंदै गए ।
नागरिक समाजका ती वरिष्ठ अधिकारकर्मीहरु र मानव अधिकारकर्मीहरु त्यसै पन्छिएर गएका होइनन् । तिनीहरु आफैं पनि हैरान भएका थिए । तिनीहरुले योगदान गरेका आन्दोलनहरुबाट छानिएका, मन पराइएका नेताहरु, मन्त्री, प्रधानमन्त्री भए । तिनीहरुले सरकारमा गएका पदाधिकारीहरुबाट धेरै आशा अपेक्षा गरेका थिए । तर तिनीहरुले नेताहरुबाट त्यो आशा अपेक्षा पूरा हुने देखेनन् । तिनीहरु कराउँदा–कराउँदै आफैं हैरान भए । ती पार्टीका नेताहरुले तिनीहरुविरुद्ध कराउने नागरिक समाजभित्र नै आफ्नो मान्छे पठाएर राजनीति गर्न थाले । तिनीहरुले त्यसो गरेपछि नागरिक समाज नागरिक समाजजस्तो भएन, त्यसको महत्व पनि घट्दै गयो । नागरिक आन्दोलन पनि कमजोर हुँदै गयो । स्वतन्त्र विचार भएकाहरु त्यहाँ टिक्न पनि गाह्रो भयो । त्यस्तो स्थिति भएकाले अहिले त्यही समाजभित्र भएकाहरुले नै समाजमा राजनीति घुसेको, समाज स्वतन्त्र र तटस्थ नभएको तथा निस्पक्ष भूमिका निर्वाह गर्न नसकेको रहस्याद्घाटन गर्नुप¥यो । तिनीहरुको त्यो रहस्योद्घाटनले हाम्रो जनजीवनका अन्य संस्थाहरुमा झैं नागरिक समाजमा पनि विकृति र विसंगति आएको संकेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१