भृकुटी सहकारीको नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
bhirkuti

पोखरा । भृकुटी बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा तथा पाँचौं अधिवेशनले यमनाथ तिमिल्सिनाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा जयराम अधिकारी, सचिव भीमलाल श्रेष्ठ, कोषाध्यक्ष कमला पौडेल, सहसचिव शान्ता राजवंशी, सदस्यमा सुरेन्द्र श्रेष्ठ, ख्याम खत्री, जीवन गोर्खाली र दिनेश शर्मा चयन भए । यस्तै, लेखा समिति संयोजकमा गंगाकुमारी बराल, सदस्यमा विष्णु रेग्मी र कुलप्रसाद लामिछाने निर्विरोध चयन भएका हुन् । निर्वाचन समिति संयोजक वसन्त थकाली रहेको समिति सदस्यमा सन्तोष अधिकारी र पोखरा महानगरका प्रतिनिधि चन्द्रकान्त तिमिल्सिना थिए ।
त्यसअघि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष पवित्रा कोइरालाले कार्यक्रम उद्घाटन गर्दै सहकारीले गरेको कार्यको प्रशंसा गर्दै बिस्तारै कार्यक्षेत्र बिस्तार गरी आवश्यक परे सहकारीलाई मर्जमा लैजान सकिने बताइन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्ष चन्द्र गिरी, तिब्बतीयन शरणार्थी क्याम्प व्यापारिक एसोसिएन अध्यक्ष रेशमबावु श्रेष्ठ,पोखरा महानगरका बोर्ड सदस्य सन्तुदेवी सुवेदी, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष विपीन अधिकारी, कलश सहकारीका अध्यक्ष दुर्गा सुवेदी, महर्षि गुरुकुल वेद विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सो अवसरमा उत्कृष्ट बचतकर्ता कृष्ण बराल, उत्कृष्ट कारोबारीमा खगेश्वर पन्थ र उत्कृष्ट बालबचतमा ज्ञापन बराललाई सम्मान गरियो ।सहकारी अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष यमनाथ तिमिल्सिना र सचिव जयराम अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width