पोखरा । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपको पूर्णमात्रा लगाएकाहरुका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।
आउँदो नोभेम्बर ८ देखि ३३ देशका यात्रु, जसले खोपको पूर्णमात्रा लगाएका छन्, उनीहरुका लागि सीमा पूर्णरुपमा खुला हुने अमेरिकाले जनाएको हो ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको नयाँ नियम अनुसार खोपको पूर्णमात्रा लगाएका तथा यात्राको ७२ घण्टा भित्रको परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएकाहरु अमेरिका प्रवेश गर्न पाउने छन् ।
अमेरिकामा गएको वर्षको सुरुवातदेखि नै कडा यात्रा प्रतिबन्ध कायम छ । सार्वजनिक स्वास्थ्यलाई ख्यालमा राखेर यात्रा सम्बन्धी निर्देशिका जारी गरिएको र यो क्रम कायम रहने ह्वाइट हाउसका प्रवक्ताले बताएका छन्।
नयाँ नियम युरोपका २६ देशहरुको समूह शेन्जेनसँगै बेलायत, ब्राजिल, चीन, भारत, इरान, आयरल्याण्ड र दक्षिण अफ्रिकाका लागि लागु हुनेछ ।
अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ९एफडिए० ले स्वीकृत गरेको वा विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले आपतकालीन प्रयोगको अनुमति दिएको खोप लगाएकाहरु यात्राका लागि योग्य हुने जनाइएको छ ।
अमेरिका प्रवेशपछि यात्रुहरु क्वारेन्टिमा बस्नु पर्ने छैन।
Related News
सम्बन्धित समाचार
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
अयोध्यास्थित मन्दिरमा मूर्ति अनावरण
आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण
आइएनएफ नेपाललाई १ लाख युरोसहित अवार्ड
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१