काठमाडौं, ९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ५३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९ सय ५३ मा सङ्क्रमण देखिएको हो ।
हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ७ सय छन् । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७१ ले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या ७ लाख ५९ हजार ८ सय ७५ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ । हाल देशभर ३ सय ६३ सघन उपचारकक्ष (आइसीयू), १ सय ९ भेन्टिलेटर, १८ हजार ३ सय ४० होम आइसोलेशन, १ हजार ३ सय ६० संस्थागत आइसोलेशन र २ सय ३७ क्वारेन्टिनमा छन् । पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप २ लाख १६ हजार ७ सय २५ जनाले लगाएका छन् । अहिलेसम्म ६५ लाख २८ हजार ३ सय ९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९ सय ४१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१