पोखरा । नेपाल मार्सल आर्टस हाप्किडो संघ गण्डकीको प्रथम अधिवेशनले अध्यक्षमा मानबहादुर घर्ती मगर (एमबि आस्था) लाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
समिति उपाध्यक्षमा तारामाया थापा मगर र खेमबहादुर गुरुङ, सचिव प्रेम बुढा मगर, सहसचिव अर्जुन गाहा मगर र कोषाध्यक्ष मदनकुमार जिसी सर्वसम्मत चयन भए । सदस्यमा कृष्णप्रसाद कोइराला, बीनाकुमारी पुन, चन्द्रकुमारी पराजुली, सवि शेरचन, श्यामबहादुर श्रेष्ठ, नरेन्द्रकुमार कार्की, किमी छ्योटेन गुरुङ, गीता राना र रामु दराई छन् । सल्लाहकारमा इन्द्रधारा विष्ट, कृष्णकुमारी श्रेष्ठ, श्रीमान् गुरुङ र डा. कृष्णप्रसाद पौडेल रहेका छन् । कानुनी सल्लाहकारमा अधिवक्ता मनोज घर्तीमगरलाई चयन गरेको छ ।
अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढामगरले खेलाडी र युवालाई स्वरोजगार बनाउन एकीकृत योजना बनाएर अगाडि बढ्ने बताए ।
गण्डकी प्रदेश खेलकुद परिषद सदस्यसचिव तेजबहादुर गुरुङले खेलकुद क्षेत्रमा बजेट कम भएकै कारण खेलको विकास हुन नसकेको बताए । उनले हाल १ प्रतिशतमा कायम रहेको खेलकुदको बजेटलाई ५ प्रतिशतसम्म पुर्याउन सके पनि निकै महत्वपूर्ण काम हुने बताए ।
संस्थाका अध्यक्ष एमबि आस्थाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष कालिबहादुर घर्ती मगर, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँ, उपाध्यक्ष तारा माया थापा मगर लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१