नेल्टामा अजय थापा

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७८
nelta

पोखरा । अंग्रेजी भाषा शिक्षण गर्ने शिक्षकहरुको व्यावसायिक संगठन (नेल्टा) कास्कीमा अजय थापा अध्यक्षता निर्वाचित भएका छन् । संस्थाको २२ औं साधारणसभा तथा अधिवेशनले उनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समिति उपाध्यक्ष भूमिराज पण्डित, सचिव बोधराज गौतम, कोषाध्यक्ष डिल्लीराम भट्टराई र सदस्यमा परमेश्वर बराल, सजना गोदार, मदनप्रसाद बराल, यामनाथ अधिकारी, विजयराज अधिकारी, भावना थापा र पुष्पा गौतम अधिकारी छन् । सचिवमा चुनावमा भएकोमा अन्य पद भने निर्विरोध भएको हो ।
संस्थाका अध्यक्ष मीनु कुँवर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष अजय थापाले गरेका थिए । सचिव भूमिराज पण्डितले सचिवको र बोधराज गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार रत्नमान गुरुङ, पुरन कुँवर, नेल्टा केन्द्रका सदस्य राज बास्तोला लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width