पोखरा । सन् १९५७ मा बेलायती सेनाका कर्णेल जिम्मी रोबर्टसले भर्जिन दाबी गरिएको माछापुच्छ्रे हिमालको आरोहण गरे । तत्कालीन समयमा उनले राजाबाट अनुमति लिएरै आरोहण गरेका थिए । सुरुमा घाचोक क्षेत्रबाट चढ्न प्रयास गरे पनि स्थानीयले रोकेपछि उत्तरी क्षेत्रबाट आरोहण गरेको बताइन्छ । औपचारिक आरोहण त्यसयता भएको छैन । माछापुच्छ्रेलाई गुरुङ समुदायको धार्मिक आस्थासँग जोडिएको छ । संस्कृतिविद् डा. जगमान गुरुङले नरनारायणको प्रतीकका रुपमा चित्रित गरेका छन् । धेरैले उनको विचारलाई समर्थन गरेर आरोहण खुल्न नहुने बताएका छन् । पोखराका केही पर्यटन व्यवसायीहरु पनि हिमाल खोल्ने पक्षमा छैनन् । माछापुच्छ्रे हेर्नका लागि मात्रै सुन्दर हुने भन्दै यसलाई देखाएर गण्डकीले अरु ब्रान्ड बेच्नुपर्ने उनीहरुको सुझाव छ ।
तर स्थानीय सरकारबाट माछापुच्छ्रे खुला गर्न पटक पटक दबाब सिर्जना गरिएको छ । कोभिडअघि एक समय निकै छलफल गरेर पनि सेलाएको यो बहस फेरि सुरु भएको छ । गाउँपालिका अध्यक्ष कर्ण गुरुङले औपचारिक कार्यक्रममा हिमाल आरोहण खोल्नुपर्ने बताएपछि बहस चुलिएकोे हो । ‘हामी हिमाललाई आस्थाको रुपमा हेर्छौं । तर यो होइन कि, यहाँ कोही जानै हुँदैन,’ उनले भने, ‘सम्मान गर्दै, आय आर्जनसँग माछापुच्छ्रेलाई जोड्नुपर्छ । हामीसँग भएको स्रोतबाट आम्दानी गर्न नसके यसको के महत्व ?’ उनले माछापुच्छ्रेलाई पर्यटनको ‘हटकेक’ बनाउन प्रस्ताव गरे । ‘कोभिडले पर्यटन थलिएको छ । हामीले नयाँ गन्तव्य खोलेर पर्यटक बोलाऔं,’ उनी भन्छन्, ‘नत्र एउटै कुरा हेर्न र घुम्न पर्यटकहरु पटक पटक किन आउने ? अब हामी आफैंले प्रश्न गर्नु पर्दैन ?’
आरोहीहरु पूर्वी क्षेत्रमा बढी जान्छन् । गाउँपालिकाको एउटा टोलीले खुम्बु क्षेत्रको अध्ययन पनि गरेको थियो । ‘९० प्रतिशत आरोही पूर्वतिर झुम्मिन्छन् । अन्नपूर्ण नेपालमै पहिलो पटक आरोहण भएको हिमाल हो । खै त यता पर्यटक ?’ गुरुङले प्रश्न गरे, ‘हामीकहाँ ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमाल छन् । जवकी ८ हजार मिटरभन्दा कम उचाइका खुम्बुक्षेत्रका हिमालमा आरोहीको बाक्लो भिड छ ।’ ३ दशकअघि प्रकृतिविज्ञ डा. हर्क गुरुङले पनि माछापुच्छ्रे आरोहण खोल्नुपर्ने एजेन्डा ल्याएका थिए । तत्कालीन सांसद प्रकाशबहादुर गुरुङको पालादेखि यो छलफलमा छ । माछापुच्छ्रे गाउँपालिकाले पहिलो बैठकबाटै आरोहण खुला गर्न पहल गर्ने निर्णय गरेको थियो । त्यसपछि गाउँसभाबाट सर्वसम्मत निर्णय गराएर पर्यटन मन्त्रालयमा फाइल पुर्याइएको छ । तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीलाई पालिकाको टोलीले भेटेर आरोहण खुला गर्न आग्रह गरे पनि विवादित विषय भएकाले त्यो अघि बढेन ।
प्रकृतिविज्ञ डा. हर्क गुरुङले ३ दशक अघि र माछापुच्छ्रे गाउँपालिकाले पहिलो बैठकबाटै आरोहण खोल्ने पहल गर्ने निर्णय गरेको थियो
‘मैले हिमाल खोल्ने कुरा गर्दा विरोध गर्छन् । मेरो व्यक्तिगत फाइदाको कुरा हो र ? हामी समृद्धि खोज्छौं तर स्रोत चलाउन डराउँछौं,’ अध्यक्ष गुरुङ अघि भन्छन्, ‘समृद्धिका लागि हामीसँग जे छ, त्यही बेच्ने हो । माछापुच्छ्रे चढाएर पैसा कमाउनुपर्छ । यसमै हाम्रो हित छ ।’ वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङले पनि आरोहण खुलाउन समर्थन जनाए । ‘गाउँपालिकामा धेरै बहस गरेर सर्वसम्मत निर्णय भएको हो । अब तल्लो तहमा भन्दा माथि नै छलफल हुनुपर्छ,’ उनले भने, ‘पालिका निर्णय र यसका सार विषयहरु मन्त्रालयमा बुझाएका छौं । त्यो हेरेर सरकारले निर्णय गरोस् ।’ कोभिडको समाप्तिसँगै माछापुच्छ्रे खुला गरेको सन्देश विश्व पर्यटन बजारमा पुगे धेरै छिटो नेपालको पर्यटन पुरानै अवस्थामा फर्किने उनीहरुको विश्वास छ । ‘हिमाल जोगाउनुपर्छ । हामी पनि हिमाल नै मासेर कमाउनुपर्छ भनेर लागेको होइन,’ उनले भने, ‘संरक्षणसहित आम्दानी भनेको हो । आरोहण खुला भए त्यहाँका नागरिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँ गन्तव्य पाउँछन् । वातावरण संरक्षण पनि सँगै हुन्छ ।’
माछापुच्छ्रेजस्तै पोखरा लेकसाइडमा रहेको रत्न मन्दिर र हिमागृहसमेत सर्वसाधारणका लागि खुला गर्न पटक पटक आवाज उठेको छ । मन्त्रीहरु पोखरा आएपछि दुवै ठाउँ घुम्छन् । खुला गर्ने आश्वासन दिन्छन् तर कहिलै खोल्ने निर्णय गरेनन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१