पोखरा । रेबान पोखराको २७ औं वार्षिक साधारण सभा भएको छ । शुक्रबार सभा उद्घाटन गर्दै पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना प्रभावका कारण सुस्त पर्यटन क्षेत्र अब चलायमान बनाउनुपर्ने बताए । ‘कोरोना संक्रमण घट्दो छ । अब पर्यटन क्षेत्रका सबैखाले गतिविधि सञ्चालन हुनुपर्दछ,’ उनले भने ।
अहिले यहाँका होटल तथा रेस्टुरेन्ट बिस्तारै खुल्दै गएको बताउँदै असोज पहिलो सातादेखिनै पर्यटनसम्बद्ध अन्य गतिविधि समेत सञ्चालन गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ छ । उनले परिषद् अन्तर्गतका सबै संघसंस्थालाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सरकारको नीति निर्देशनबमोजिम व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय शिथिल बनेको पर्यटन क्षेत्रको मुहार अब फिर्नेमा आशा व्यक्त गरे । पोखरा वडा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले वडाभित्र भएका विकासे गतिविधिबारे प्रकाश पार्र्दै आगामी दिनमा गर्नुपर्ने कामबारे अवगत गराए ।
कार्यक्रममा रेवान पोखराका महासचिव विकास भट्टराईले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै संस्थाको २२ औं पोखरा सडक महोत्सव, कर शिक्षा कार्यक्रम, कोभिड–१९ को असरमा परेकाहरुलाई गरिएको राहत वितरण, खोप कार्यक्रम, विभिन्न क्षेत्रलाई प्रदान गरिएको आर्थिक सहयोग, मिनी सडक महोत्सव, तालिम, पोखराको प्रवद्र्धनात्मक कार्यक्रम गरेकोबारे जनाए ।
सो अवसरमा संस्थाका गतिविधिमा सहयोग गर्ने सहयोगी संघसंस्था तथा नयाँ व्यवसायीलाई स्वागत एवं सम्मान गरिएको थियो । रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको समारोहमा प्रथम उपाध्यक्ष नरेश भट्टराईले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१