रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६० वर्षीया लक्ष्मीमनको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै छोराबाट आज लक्ष्मीमनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी बुढा गाउँको टोली घटनास्थल पुग्दा लक्ष्मीमनको हत्या गरी खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
छोराको कुटपिटबाट मृत्युु भएका लक्ष्मीमनको मृत्युको कारण परिवारले ढाकछोप गरी लुकाउन खोजे पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छोराले नै हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । हत्यामा संलग्न टेकबहादुरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोे उहाँले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१