हेमजा । अन्नपूर्ण गाउँपालिकाबाट सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको छनोट खेलमा सहभागिता जनाउने टोलीलाई शनिबार कार्यक्रम आयोजना गरी शुभकामना प्रदान गरिएको छ ।
कार्यक्रममा भनाइ राख्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले टोली अन्नपूर्णको गौरव भएको तर्क गर्दै विजयको शुभकामना दिए । उनले खेलाडीलाई प्रोत्साहन गर्न गाउँपालिका तयार रहेको स्पष्ट पार्दै आवश्यक सहयोग गर्ने वचतबद्घता पनि जनाए । टोलीका सदस्यको पिसिआर परीक्षण गरी खोप लगाउन र पोसाक खरिदमा गाउँपालिकाले सहयोग गर्ने पनि उनले स्पष्ट पारे ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले टोली अन्नपूर्णको सौभाग्य भएको जनाउँदै अग्रिम शुभकामना दिइन् । उनले खेलाडी अनुशासित हुनुपर्नेसमेत बताइन् । अन्नपूर्ण १ का वडाध्यक्ष भरतजङ कुँवर, ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, जिपी कोइराला फाउन्डेसनका यादवराज अधिकारी, ढिकुरपोखरी युवा सञ्जालका अध्यक्ष सुशील भट्टचन, महासचिव दिल जिसी, गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाई, नवीन गिरी, प्रकाश गुरुङ, वीरेन्द्र गुरुङ शंकर केसी, नवराज श्रेष्ठ, विकास गुरुङ, युवराज गुरुङ, डिल्लीराम पौडेल, यज्ञप्रसाद पौडेललगायतले पनि शुभकामना दिए ।
कार्यक्रमका बीच पाउँदुरकोट युवा क्लबका अध्यक्ष ईश्वर पौडेलले प्रतियोगिताबारे जानकारी दिँदै तयारीका लागि ९ लाख खर्च लाग्ने सुनाए । उनले प्रतियोगिताको तयारीमा खेल मैदान चुनौती बनिरहेकोसमेत औंल्याए ।
अन्नपूर्ण गाउँपालिकाभित्रका क्षमतावान्, अनुशासित र प्रतिभावान् खेलाडीलाई समेटी गाउँपालिकाको प्रतिनिधित्व गर्दै यसवर्ष अन्नपूर्ण ३ स्थित पाउँदुरकोट युवा क्लबले काठमाडौंमा सञ्चालन हुने उक्त प्रतियोगिताको छनोट खेलमा सहभागिता जनाउँदै छ ।
जसअन्र्तगत ३० खेलाडी छनोट भई हाल ढिकुरपोखरीस्थित माछापुच्छ्रे माविको खेल मैदानमा बन्द प्रशिक्षण भइरहेको छ ।
क्लब अध्यक्ष पौडेलले हालसम्म अन्नपूर्ण गाउँपालिका, ढिकुरपोखरी युवा सञ्जाल, अन्नपूर्ण फुटबल एकेडेमी, भदौरे फुटबल एकेडेमी र स्थानीय केही खेलप्रेमी शुभेच्छुकको सहयोगमा क्लब गतिशील भइरहेको जनाए । उनले कास्की जिल्लाबाट लिग छनोट खेल्ने एकमात्र क्लब भएकाले चौतर्फी साथ सहयोग रहनुपर्ने पनि बताए । प्रतियोगिता अन्तर्गत उक्त क्लबले यही भदौ २९ गते नयाँ पार्टी युवा क्लब र असोज २ गते गोरक्ष स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१