रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार श्रेष्ठलाई

आदर्श समाज सम्वाददाता
माघ ७, २०७७
ram lal prize~

पोखरा फोटोग्राफर संघद्वारा सञ्चालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका फोटोग्राफर कुमारमोहन श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

१८२ औं विश्व फोटोग्राफी दिवस अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहीबार पुरस्कार घोषणा गरेको हो ।

गण्डकी प्रदेशभरबाट प्राप्त सिफारिस आधारमा ११ जिल्लामध्येबाट श्रेष्ठ छनोटमा परेको जानकारी पुरस्कार छनोट समिति संयोजक राममणि पौडेलले दिए । पुरस्कार राशि २५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ ।

पोखराका फोटोग्राफर गणेश छवि/तीर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिंदैआएको छ । फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई सो पुरस्कार प्रदान गरिन्छ । यसअघि फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजु, रमा राना र मदन सुब्वा सम्मान भइसकेका छन् ।

पोखरा फोटोग्राफर संघ अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कारबाट आगामी साधारण सभामा श्रेष्ठलाई प्रदान गरिने छ । ५० वर्षदेखि फोटोग्राफी पेसामा निरन्तर लागिरहेका उनी हाल सम्झना फोटो दमौली सञ्चालन गरिरहेका छन् । लामो इतिहास बोकेका फोटोग्राफरलाई पुरस्कृत गर्न पाउँदा फोटोग्राफरको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गाप्रसाद पौडेलले बताए ।

संस्थाका सचिव विशु बरालले सञ्चालन गरेको कार्यक्रममा नारायणहरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महिला समिति संयोजक शान्ति सुवेदी, आजीवन सदस्य भक्त तामाङ, पूर्व अध्यक्ष तुलसीराम सुवेदी, पूर्व अध्यक्ष रामजी थापा, निवर्तमान अध्यक्ष रविनाथ दाहाल, संरक्षक गणेश छविलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width